नेपाल एसीसी यू–१९ एसिया कपबाट बाहिर

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७६
Nepal U-19 vs Bagnladesh

पोखरा । एसीसी यू–१९ एसिया कप क्रिकेटबाट नेपाल बाहिरिएको छ ।

पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाल आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि सेमिफाइनल पुग्ने संभावना सकिएको हो ।

अब नेपालले मंगलबार प्रतिष्ठाको लागि मात्रै यूएईसँग खेल्नेछ । यो समूहबाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले दिएको २६२ रनको लक्ष्य बंगलादेशले ४९ दशमलत ९८ रन बनाउँदै २ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । बंगलादेशलाई जिताउनका लागि कप्तान अकबर अलीले उत्कृष्ट ब्याटिङ गरे । उनले ८२ बलको सामना गर्दै अविजित बंगलादेशलाई जित दिलाए । उनीसँगै समिम हसन ४२ रनमा अविजित रहे । अकबर र समिमले १३० रनको साझेदारी गरे ।

सुरुमै रसिद खानले तन्जिद हसनलाई एलबीडब्ल्यूको धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाए । त्यसपछि अनिक सरकार सातुलाई कमलसिंह ऐरीले पेभेलियन पठाएर नेपाललाई दोस्रो सफलता दिलाए ।

१९ रन बनाउँदा २ विकेट गुमाएको बंगलादेशका लागि मोहमदुल हसन जोय र तौहिद हृदोयले ७९ रनको साझेदारी गरेपछि टिम सम्हालिएको थियो । जोय ४० रन बनाउँदै हरिबहादुर चौहानबाट कट एण्ड बोल्ड भए । हृदोयले ९८ रन बनाए । उनी ६० रन बनाएर कमलसिंह ऐरीको बलमा आउट भए । नेपालका कमलसिंह ऐरीले २ तथा हरिबहदुर चौहान र रसिद खानले समान १ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनाएको थियो । नेपालका लागि पवन शर्राफ र सन्दीप जोराले अर्धशतक प्रहार गरे । शर्राफ ८१ रनमा आउट हुँदा जोरा ५६ रनमा पेभेलियन फर्किए । नेपालका लागि रित गौतमले ३२ तथा कुशल मल्लले २८ रनको योगदान गरे । त्यसैगरी, भीम सार्कीले २१ तथा रोहित पौडेलले १४ रनको योगदान दिए ।

बंगलादेशका लागि तन्जिम हसन सकिब र शाहिन अलामले समान २ विकेट लिए । त्यस्तै, मृत्युन्जोय चौधरी, रकिबुल हसन, मिनहजुर रहमान र टोहिड हृदोले समान १ विकेट हात पारे ।

Related News

सम्बन्धित समाचार

hero news full width