एपीएफको टोली नै क्लबस्तरीय भलिबलको बिजेता र उपबिजेता

टिजी गल्र्सलाई महिला तर्फको उपाधि

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७६
Winner

पोखरा । लामा अमृत फाउन्डेशन घान्दु्रकले आयोजना गरेको दोस्रो क्लब स्तरिय भलिबल प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन एपीएफ टिम ‘बी’ ले जितेको छ ।

पोखराको नदिपुरमा सम्पन्न फाइनल खेलमा एपीएफ कै ‘ए’ टिमलाई १८–२५, २५–१२, २५–१९, १८–२५ र १६–१४ को सेटले पराजित गर्दै एपीएफ टिम ‘बी’ ले दोस्रो पटक उपाधि जितेको हो ।

उपाधिसँगै टिम ‘बी’ ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ६० हजार प्राप्त ग¥यो । त्यस्तै, उपबिजेता टिम ‘ए’ ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजारमा चित्त बुझायो ।

उक्त प्रतियोगिताबाट टिम ‘बी’ का सञ्जुबिक्रम शाह सर्बाेत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, उत्कृष्ट ब्लकरकामा सोही टिमकै सन्तोष क्षेत्री, उत्कृष्ट सेटरमा सोही टिमकै मिलन राना र उत्कृष्ट स्पाइकरको रुपमा बिष्णु क्षत्री बने । उत्कृष्ट डिफेण्डरमा टिम ‘ए’ का चन्द्र गुरुङ र उत्कृष्ट क्वीकरमा सोही टिमकै मिलन गुरुङ बने ।

त्यस्तै महिलातर्फ टीजी गर्ल तल्लो गगनगौडाले फाइनल खेलमा दोबा समाजलाई ३–१ को सेटले पराजित गर्दै बिजयी बन्यो । टीजी गर्लले नगद २० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र सहित हात पा¥यो । उपबिजेता बनेको दोबा समाजले नगद १४ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हजार प्राप्त ग¥यो ।

प्रतियोगिताबाट टीजी गर्लका ममता पुन उत्कृष्ट खेलाडी बने । उत्कृष्ट सेटरमा दोबा समाजका निरु पुन र सोही टिमकै सुस्मिता पुन उत्कृष्ट स्पाइकर बने ।

प्रतियोगिताका खेल संयोजक अनिल गुरुङका अनुसार भेट्रान्सतर्फ लालीगुँरास पुन समाज लामाचौरलाई फाइनल खेलमा ३–० को सोझो सेटले स्तब्ध पार्दै अर्चलबोट भेट्रान्सले उपाधि जित्यो ।

अर्चलबोटले नगद १५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार जित्यो । उपबिजेता टिम लामाचौरले १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो । उक्त प्रतियोगिताबाट लामाचौरका मनप्रसाद पुन उत्कृष्ट खेलाडी बने ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, मुख्य प्रायोजक सु. नरबहादुर गुरुङलगायतले बिजेता तथा उपबिजेता टिमलाई पुरस्कार बितरण गरे ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width