तनहुँ सम्पर्क समाज पोखराको पर्यटन प्रबद्र्धनमा जोड

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७६
Dhorbarahi Photo

पोखरा । तनहुँ सम्पर्क समाज पोखराले शनिबार आयोजना गरेको एक कार्यक्रममा सहभागी वक्ताहरुले पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले हामी आफ्नै स्रोतहरुको प्रचारप्रसार गर्न नसकेर पछाडि परेको बताए । उनले तनहुँ ऐतिहासिक धरोहरको रुपमा स्थापित रहेरपनि उचित व्यवस्थापनका साथ अगाडि बढ्ने हो भने देशलाई समृद्धि पार्ने सपना साकार हुन समय नलाग्ने बताए ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ९ का अध्यक्ष लोकनारायण श्रेष्ठले शुक्लागण्डकीमा भएका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको विकास नै अबको लक्ष्य भएको बताए ।

उनले ढोरबाराहीमा देखिने दैवि शक्तिको विश्वासले जति पर्यटक भित्र्याउनु पर्ने हो त्यति नसकिएको बताउँदै अबका दिनमा राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरमा यसको विशेषताको प्रचारप्रसार गर्नु मुख्य कार्य रहेको जनाए । उनले भने– शुक्लागण्डकी भित्र मात्र हेर्ने हो भने पनि ढोरबाराही मन्दिर, बाजस्थल, बतासेगुफा, चित्रेको स्लेटखानी, चौबीसे राजाको राजधानी रजस्थल, कोट खड्ग कालिका मन्दिर (गुर्दुमकोट), मिलेनियम गुफा, दगाम भुजीकोट, तीनखोले मन्दिर, ढोरको फलाम तथा तामा खानीलगायतका जस्ता ऐतिहासिक र धार्मिक स्थलहरु छन् । यस क्षेत्रको विकास र संरक्षण मात्र गर्ने हो भने पनि देशलाई नै समृद्ध बनाउन सक्ने भन्दै उनले अब जो यस ठाउँबाट बाहिर गएका छन् उनीहरुले पनि आफ्नो जन्मभूमिका प्रबद्र्धनमा मुख्य भूमिका खेलिदिन आग्रह गरे ।

तनहुँ सम्पर्क समाज पोखराका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले समाजले हिजोका दिनमा दुःखी, असाहाय र विभिन्न दैविक प्रकोपमा परेकाहरुको सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पर्यटन प्रबद्र्धनका लागि प्रचारप्रसार एवम् विकासको महत्वपूर्ण भूमिकामा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्रीकान्त शर्मा खतिवडाले यस क्षेत्रमा मेलिनियम पदमार्गको उचित प्रबद्र्धन र व्यवस्थापन नभएको गुनासो गरे । उनले भने– पृथ्वी राजमार्गको आसपासमा रहेर पनि यहाँका पर्यटकीय मुद्दाहरुलाई केन्द्रसम्म पु¥याउनु र संरक्षणमा उचित ध्यान दिन जनप्रतिनिधिको विशेष पहल हुनुपर्ने बताए ।

समाजका महासचिव यामबहादुर सुर्खालीको संयोजनमा रहेको कार्यक्रमको आर्थिक संयोजन सदस्य दुर्गाचन्द्र आर्यलले गरेका थिए ।
श्रीराम सुवेदी

Related News

सम्बन्धित समाचार

hero news full width