रुपन्देहीमा १ जनाको मृत्यु,७० जना संक्रमित

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७६
aedes-aegypti-mosquito-dengue-rash

बुटवल २२ भदौं । रुपन्देहीमा डेङगुको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुरकी ६१ वर्षीया सावित्रा आचार्यको डेंगुको संक्रमणबाट शनिबार मृत्यु भएको हो ।

लगातार ज्वरो आएपछि बुटवलको एक स्वास्थ्य संस्थामा परीक्षण गर्दा उनलाई बिहीबार डेंगुको संक्रमण पाइएको थियो । तीन दिनदेखि प्रादेशिक अस्पताल बुटवलको आईसीयू कक्षमा राखी उपचार गरेपनि रगतमा रहेको प्लेटलेट्सको मात्रा नबढेपछि आचार्यको शनिबार बेलुका मृत्यु भएको हो। स्वर्गीय आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यकी आमा हुन् ।

अहिलेसम्म रुपन्देहीमा ७० जनामा डेंगुको संक्रमण भेटिएको छ। अस्पतालहरुमा उपचार गराउन आएका बिरामीमध्ये ७० जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि, आम्दा अस्पताल, गौतमबुद्ध मुटु अस्पताल, भैरहवाको युनिभर्सल मेडिकल कलेज लगायतका अस्पतालहरुमा परीक्षणकालागि आएकामध्ये ७० जनामा संक्रमण फेला परेको हो ।

साउन २८ देखि रुपन्देहीमा डेंगुका बिरामी भेटिएको र भदौ १५ पछाडि बिरामी ह्वात्तै बढेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । उनका अनुसार अहिले दैनिक १० देखि १५ जनाको हाराहारीमा डेंगुका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width