मूल्य शिक्षा सम्बन्धी प्रशिक्षण शुरु

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७६
kumari (2)

पोखरा, २१ भदौ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय अन्तर्गतको शिक्षा प्रभागले विद्यार्थी सशक्तिकरणका लागि मूल्य शिक्षा विषयक प्रशिक्षण कार्यक्रमको शुरुवात गरेको छ । प्रभागले विद्यार्थीमा चरित्र, नैतिकता र मूल्यहरुको विकासगरी असल नागरिक निर्माणको लक्ष्य सहित यो कार्यक्रमको आयोजना गरेको हो ।

चार शत्रमा सम्पन्न हुने यस प्रशिक्षण कार्यक्रमको प्रथम सत्र ब्रह्माकुमारी पार्दीको डिभाइन पिस प्यालेसमा सम्पन्न भयो । बालोदय माविका विद्यार्थीहरु सहभागी भएको सो प्रशिक्षणमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञावलीले विद्यार्थीहरुका लागि मूल्य शिक्षाको अपरिहार्यताबारे स्पष्ट गर्दै अभियानको सफलताको कामना गरे ।

विद्यार्थीहरुलाई भौतिक शिक्षाको साथसाथै मूल्य शिक्षाको आवश्यकता औंलाउदै राजयोगिनी ब्रह्माकुमारी अप्सरा दिदीले प्रशिक्षण दिएकी थिइन् । चार सत्रमा सम्पन्न हुने यस प्रशिक्षण प्रत्येक शनिवार ब्रह्माकुमारीज पार्दीको डिभाइन पिस प्यासलेसमा नियमित रुपमा सञ्चालित हुनेछ ।
फोटो छ कुमारी ।

Related News

सम्बन्धित समाचार

hero news full width