धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७६
dhanlaxmi

पोखरा,२१ भदौ । धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाबाट संस्थाकी कोषाध्याक्ष योगमाया द्वाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरिएको छ । संस्थाको कूल सम्पत्ति तथा दायित्व २० करोड रुपैयाँ ३२ लाख ५२ हजार ३ सय १६ रुपैंया ८९ पैसा बाट वृद्धि भएर यस वर्ष २७ करोड ९४ लाख ३६ हजार ४ सय १७ रुपैंया ७१ पैसा पुगेको द्वाले बताइन् ।

उनका अनुसार गत वर्ष भन्दा यस वर्ष संस्थाको निक्षेप संकलन सन्तोषजनक र तरलताको अवस्थामा वृद्धि भएको छ ।साधारण सभाबाट एसईईमा उतिर्ण भएका संस्थाका शेयर सदस्यका छोराछोरीहरुलाई समेत सम्मान गरिएको थियो । एसईई उतिर्ण योगेश उपाध्याय, सुलभ शिल्पकार र सुलभ कतिलालाई सम्मान गरियो ।

धनलक्ष्मी छात्रावृति वितरण कार्यक्रम अन्तर्गत संस्थाले मैत्री चैत्य नारायणथानलाई नगद ५ हजार रुपैयाँ सहित स्टेशनरी समान उपलब्ध गरायो । ज्ञानभूमि माध्यमिक विद्यालय नगद १० हजार रुपैयाँ प्रदान गर्नुका साथै बाल मन्दिर माध्यमिक विद्यालयलाई समेत ५० हजार रुपैयाँको अक्षय कोषको स्थापना गरिदिएको छ ।

संस्थाको वार्षिक साधारणसभाबाट वर्ष भरिनै उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा अवकाश प्राप्त धर्मराज बास्तोला, असल कार्य सम्पादन गरेबापत प्रबन्धक अनिता पौडेल, बजार प्रतिनिधि विपना पुन र कार्यालय सहायक जयराम सुनार रहेका छन् ।

संस्थाले शिक्षा उपसमितिका सदस्यहरुलाई समेत सम्मान गरेको छ । उषा कायस्थ, भरत कतिला, यमुना तझ्या श्रेष्ठ र सल्लाहकार योगमाया द्वा सम्मानित भएका हुन् ।कलाकारिताको क्षेत्रमा योगदान पु¥याए बापत कलाकार प्रकाश घिमिरेलाई समेत संस्थाको साधारण सभा कार्यक्रमबाट सम्मान गरिएको छ ।

धार्मिक तथा सामाजिक व्यक्ति रेशमराज शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता संस्थाका कार्यसमितिका अध्यक्ष हरिप्रसाद शिल्पकारले गरेका थिए । जनता बैंक नेपाल लिमिटेडका संस्थापक एवं पूर्व सञ्चालक चीरञ्जवी द्वाको समेत उपस्थिति रहेको कार्यक्रममास्वागत संस्थाका उपाध्यक्ष कृष्ण कतिलाले गरेको थिए भने कार्यक्रमको सञ्चालन सचिव बालकृष्ण काफ्लेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width