स्वतन्त्र रहनुमै पत्रकारको प्रतिष्ठा हुन्छ-प्रजिअ ढकाल

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७६
cdo palpa

पाल्पा २१ भदौ । राजनीतिक दबदबा रहेको समाजमा स्वतन्त्र रहेर बाँच्न निकै कठिन भएपनि स्वतन्त्र रहनुमै पत्रकारको प्रतिष्ठा हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् ।

नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा महोत्तरीबाट यसैसाता पाल्पा आएका प्रजिअ ढकालले शुक्रबार आफ्नै कार्यकक्षमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दलगत पत्रकारिताले समस्या सिर्जना गर्ने भएकोले पत्रकार स्वतन्त्र रहन सकेमा पेशाप्रतिको इमान्दारिता झल्किने बताए ।

उनले सुन्दर शान्त पर्यटकीय जिल्ला पाल्पाको सांस्कृतिक, पर्यटकीय साथै विविध सम्भावनाका क्षेत्र पहिल्याइ विकास निर्माण र सेवा प्रवाहमा सहजीकरण गर्ने बताए । जिल्लाको सिद्धबाबा सडकखण्ड सुधार, बजार तथा सेवा प्रवाह गर्ने कार्यालयहरूको नियमित अनुगमन, जनगुनासो सम्बोधन, पत्रकार भेटघाट, जनप्रतिनिधि नागरिक समाजसँगको भेटघाट र अपेक्षा अनुसार प्रशासनिक क्षेत्रको सुधारमा परामर्श सहित कार्ययोजना बनाएर लाग्ने प्रजिअ ढकालले प्रतिबद्धता जनाए ।

कार्यक्रममा पत्रकारहरूले बजार अनुगमन, सूचना अधिकारीको नियमित बैठक, सूचना लेनदेनमा सहजीकरण गर्न प्रजिअसँग आग्रह गरेका थिए । यस्तै सहभागी पत्रकारहरूले कर्मचारी राजनीतिक धारणाबाट प्रेरित नभएर पत्रकारमैत्री बन्नुपर्नेमा जोड दिएका थिए । यसअघि पाल्पाका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादव कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको रूपमा बढुवा सहित सुर्खेत सरूवा भएपनि महोत्तरीमा प्रजिअकै रूपमा रहेका उमेशकुमार ढकाल प्रमुख जिल्ला अधिकारीको रूपमा पाल्पा आएका हुन् ।

Related News

सम्बन्धित समाचार

    • वरिष्ठ अधिवक्ता तिलक आचार्यको निधन

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । लामाे समयदेखि पाेखरामा क्रियाशील वरिष्ठ अधिवक्ता तिलकप्रशाद शर्मा आचार्यकाे निधन भएकाे छ । आचार्यकाे बिहीबार राति ८२ वर्षकाे…
    • चामे सडक खोल्न दिनरात काम

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा  । डेढ महिनादेखि ठप्प वेंसिसहर–चामे सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । डुम्रे–वेंसिसहर–चामे सडक आयोजनाले पहिरोका कारण अवरुद्ध सडक सुचारु…
    • गण्डकीमा ९२ प्रतिशत निको

      आदर्श समाज सम्वाददाता श्रावण १४, २०७८
      पोखरा । गण्डकी प्रदेशमा बिहीबार ३३ जना कोरोनामुक्त भएका छन् । अघिल्लो दिनको तुलनामा निको हुनेका संख्या अत्यन्तै कम हो…
    • १३२ देशमा फैलियो डेल्टा भेरियन्ट

      रासस श्रावण १४, २०७८
      जेनेभा । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा…
    • पोखरामा मनाङ मर्स्याङ्दीको होम ग्राउन्ड र एकेडेमी

      धनबहादुर गुरुङ श्रावण १४, २०७८
      पोखरा । ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी (एमएमसी) लाई पोखरा रंगशाला घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने गरी राष्ट्रिय खेलकुद परिषद्…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads