ज्यान हत्केलामा राखेर वालुवा निकाल्दै माझी समुदाय

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७६
kaligandaki-river-final

पर्वत, २० भदौ । कालिगण्डकीको उर्लदो भेलमा वालुवा निकालेर कुश्मा १ का माझी परिवारले वर्षदिनभरीको गर्जो टार्दै आएका छन् ।

मालढुंगाका माझी बस्तीका मजदुरहरुले वालुवा तथा नदीले बगाएर ल्याएका काठ निकालेर आफ्नो विहान बेलुकाको छाक टार्दै आएका हुन् ।उर्लिदो कालीगण्डकीमा ज्यान हत्केलामा राखेर डेढ सय माझी परिवारले अहिले कालीगण्डकी नदीकै भरमा आफ्नो जीवन धानेृका छन् । उर्लिदो कालीगण्डकीको भेलले ल्याएको बालुवा र दाउरा नसमात्ने हो भने हातमुख जोर्न माझी समुदायलाई कठिन छ ।

अहिले ज्यान हत्केलामा राखेर भएपनि बालुवा निकाल्नुपर्ने बाध्यता छ । दाउरा समात्नुपर्ने छ । यदि यसो गर्न सकिने भने हिउँदको समयमा घरमा चुलो बल्दैन स्थानीय एक मजदुरले भने । कालीगण्डकी नदीले जीवन धानेका माझीको मुख्य पेशा नै बालुवा निकाल्नु हो । उनीहरुले अहिले दैनिक २५–३० टयाक्टर वालुवा नदीबाट निकाल्ने गरेका हुन । डोजर प्रयोग गरेर वालुवा निकाल्न रोक लगाएपछि आफुहरुको काम भएको र कामाई पनि राम्रो हुने भएपछि जोखिम नै मोलेर भएपनि कामको जिम्मा लिएको स्थानीय गणेश माझीले बताए ।

उनीहरुले प्रति ट्याक्टर ९ हजारदेखि १० हजार रुपैयाँमा बालुवा बिक्रीगर्दै आएका छन् । भदौको अन्तिम सातादेखि स्थानीय सरकारले टेण्डर हाल्ने भएका कारण उनीहरुले झिक्न पाउँदैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width