घरै पुगेर अपाङ्गता परिचयपत्र

आदर्श समाज संवाददाता
भाद्र २०, २०७६
Apanga phpto

लमजुङ, २० भर्दौ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर परिचयपत्र वितरण कार्य शुरू गरेको छ ।

मस्र्याङ्दी गाउँपालिका– ८ बडागाउँ घर भएका शिवप्रसाद गुरुङ, तुल्सीराम गुरुङ र मस्र्याङ्दी गाउँपालिका– २ भाँचे घर भएका पुतलीवहादुर गुरुङलाई घरमै पुगेर गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकसहितको टोलीले अपांगता परिचय पत्र वितरण गरेको हो ।

गाउँपालिकाद्वारा भदौको ५, ६ र ७ गते सञ्चालन गरेको अपाङ्गता परिचय पत्र वितरण शिविरमा शारीरिक अशक्तताको कारण उपस्थित हुननसकेकाहरूलाई उनीहरूको घरमै पुगेर परिचय पत्र प्रदान गरिएको उपाध्यक्ष विकले बताए । गाउँपालिकाले घुम्ति शिवरका क्रममा स्वास्थ्य कर्मी घरमै पुगी उनीहरूको स्वास्थ्य जाँच गरिएको थियो ।

यसअघि गाउँपालिकाले सञ्चालन गरेको घुम्ति शिविरमा एकसय ४५ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरीसकेको गाउँपाकिलाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width