म्याग्दी, १९ भदौ । धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने पदमार्गमा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीस्थित उपल्लो ठूलोखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रमकमो प्राविधिक तथा गाउँपालिकाको आर्थिक सहयोगमा ५७ मिटर लामो उक्त झोलुङ्गे पुल निर्माण भएको हो ।
पुल निर्माणपछि ठाडाखानी, दुखु र बिमका साथै मालिका आवतजावत गर्ने पर्यटक र भक्तजनलाई सहज भएको वडाध्यक्ष मनकुमार शेरपुजाले बताए । “खोलामा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ”, उनले भने । बर्खामा बाढी आउँदा आवतजावत बन्द हुने गरेको थियो । रु ३३ लाख ८० हजारको लागतमा पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर छन्त्यालले जानकारी दिए ।
पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक परिचालन र प्राविधिक सहयोग गरेको थियो । मजदुरको ज्याला र निर्माण सामग्री खरीद गाउँपालिकाले गरेको हो । समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा मालिका धुरी रहेको छ । यहाँ बुद्धजयन्ती, तिहार र जेष्ठ पूर्णिमामा पूजाआजा गर्नेको घुइँचो लाग्छ । यहाँबाट धवलागिरि, अन्नपूर्ण, निलगिरि र माछापुच्छे् हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मालिका गाउँपालिकाको बिम, दुखु, रघुगङ्गाको ठाडाखानी, मङ्गलाको टोड्के र हिदी भएर मालिका पुग्न सकिन्छ ।
मालिका गाउँपालिकाले गत आर्थिक वर्षमा बिम बाइन्दफाँट हँुदै मालिका धुरी नजिकैको नुनथलासम्म सडक खनेको छ । यसैगरी मन्दिर परिसरमा पूजा स्थललाई फराकिलो बनाउनुको साथै रेलिङसहितको पदमार्ग र आश्रयस्थल निर्माण गरिएको बिमका वडाध्यक्ष रेशम जुग्जालीले बताए । रघुगङ्गा गाउँपालिकाले गत आवमा ठाडाखानीदेखि मालिका धुरी जाने पदमार्ग निर्माण गरेको थियो । पूर्वाधार निर्माण भए पछि मालिका जाने पर्यटक र भक्तजनलाई सहज भएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
पर्यटनको राजधानी घोषणा वर्ष
hero news full width
मुख्य समाचार
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१