जनताको असन्तुष्टि व्यवस्थाप्रति नभई सरकारप्रति हो–काँग्रेस

एजेन्सी
भाद्र १९, २०७६
Nepali-Congress-senior-leaders

काठमाण्डौ, १९ भदौ । प्रधानमन्त्री र नेकपाका नेताले आफ्नो असफलता र कमजोरी छोप्न व्यवस्थाविरुद्ध षड्यन्त्र भएको टिप्पणी गरेको आरोप नेपाली काँग्रेसका नेताको छ ।

जनताको वितृष्णा सरकारसँग हो, लोकतान्त्रिक व्यवस्था प्रति होइन् कांग्रेस केन्द्रीय समितिको बुधवार सम्पन्न वैठकमा सहभागी शीर्ष नेताको निश्कर्ष थियो ।
वैठकले बुधबार १७ बुँदे प्रस्ताव पारित गर्दै लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्न चाहने शक्तिहरु सरकारको कमजोरी र जनताको सरकारप्रतिको वितृष्णालाई लोकतान्त्रिक पद्धतिको असफलता र कमजोरीको रुपमा चित्रित गर्न उद्दत भएको ठहर गरेको छ । ‘लोकतन्त्र विरोधी शक्तिहरु सरकारको असफलता र कमजोरीहरुलाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीको रुपमा चित्रित गर्न तल्लीन छन्, कांग्रेसले भनेको छ ।

भदौ पहिलो हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले अहिलेको व्यवस्थाप्रति षड्यन्त्र भएको टिप्पणी गरेका थिए । केपी नेतृत्वको वर्तमान सरकार माफिया र कमभन्दा कम समयमा विना परिश्रम सम्पत्ति आर्जन गर्ने झुण्डको वरिपरी सीमित भए भन्दै कांग्रेसले वर्तमान सरकार नियन्त्रण, निषेधमा आधारित एकदलीय मानसिकता र चरम शक्तिको केन्दी्रकरण र कुशासनको पर्याय बनेको आरोप लगाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width