चितवनमा डेंगुबाट ४ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७६
aedes-aegypti-mosquito-dengue-rash

चितवन, १८ भदौ । चितवनमा फैलिएको डेंगु र स्क्रवटाइफसका कारण ४ जनाको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवका अनुसार डेंगु र स्क्रबटाइफसबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा ३ र पुरानो मेडिकल कलेजमा १ सहित ४ जनाको उपचारका क्रममा मृत्यु छ । चिकित्सकहरुले यसलाई डेंगुु र स्क्रवटाइफसको आतङ्कको संज्ञा दिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोट नगरपालिका २८ वर्षीया युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेजमा र अन्य तीन जनाको डेंगुका कारणले चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका क्षेत्रमा डेंगुको संक्रमण अति उच्च देखिएको चिकित्सकहरुले बताएका छन् । वडा २,३ र ४ नम्वर क्षेत्रमा डेंगु प्रभावितहरुको संख्या अधिक रहेको उनीहरुले बताएका छन् । जिल्लाका विभिन्न अस्पतालमा साउन यता १ हजार ९ सय ८ जना विरामीमा डेंगु परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण भेटिएको छ । डेंगुको संक्रमित मध्ये ४ सय ५५ जना चितवनका रहेका छन् ।

चितवन भित्रका मध्ये पनि ४ सय १४ जना भरतपुर महानगरपालिकका विरामी रहेका छन् । स्क्रबटाइफसका बिरामीको तथ्यांक भने संकलन भइरहेको छ । महानगरमा डेंगुको संक्रमणको दर अधिक भएपछि गरिएका जनचेतनामूलक कार्यक्रम त्यति प्रभावकारी बन्न सकेको छैन ।

दैनिक माइकिङ गर्ने, लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने जस्ता कार्य वडा तहसम्म भइरहेको महानगरको दावी छ । ज्वरोसँगै फैंलिएको डेंगु र स्क्रवटाइफसका कारण जिल्लाका अधिकांश सरकारी तथा नीजि अस्पतालहरु भरिएका छन् । भरतपुर अस्पतालको आकस्मिक कक्षमा दुई जना र भुँईमा समेत विरामी राख्नुपरेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेन्ट डा. श्रीराम तिवारीले ६८२ जनाको निःशुल्क रुपमा डेंगु परीक्षण गरिएको जानकारी दिए । उनले अस्पतालमा कीट स्वास्थ्य मन्त्रालयसँग माग गरिरहेको भएपनि बिरामीको मागअनुुसार उपलब्ध नभएको गुनासो गरे ।

एकपटक डेंगु भैसकेको व्यक्तिलाई दोस्रो वा तेस्रोपटक डेंगुको संक्रमण देखिएमा त्यो खतरनाक हुने चिकित्सकहरुले बताएका छन् । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले अहिले ल््िलाका अस्पतालहरुमा डेंगुका कारण मृत्यु हुनेहरु पहिला पनि डेंगुको संक्रमित भएको हुनुपर्ने बताए । ‘एकपटक डेंगु भएर निको भैसकेपछि दोस्रो तेस्रो वा चौथौ पटक डेंगु हुनु सबैभन्दा खतरनाक हुन्छ । हालसम्म विश्वका १२८ वटा देशमा डेँगुको प्रकोप फैलिसकेको छ । विश्वमा प्रत्येक वर्ष ३९ करोड व्यक्ति यसबाट प्रभावित हुने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width