अदालतको आदेश अवज्ञा गर्दै प्रहरीद्वारा हमाल पुनः पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७६
70229281_10211502595159738_5980744820128219136_n

पोखरा, १७ भदौ । सर्वोच्च अदालत काठमाण्डौले मंगलवार पत्रकार ओम हमाललाई रिहाई गर्न आदेश दिए लगत्तै प्रहरीले अदालतकै गेटबाट हमाललाई पुनः पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको आदेशलाई लत्याउदै प्रहरीले पत्रकार हमाललाई पुनः पक्राउ गरेपछि पक्राउको त्यसको बिरोधमा पत्रकारहरु आन्दोलित हुने भएका छन् ।

रिपोटिङकै क्रममा भदौ ६ गते कास्कीको सिशुवाबाट प्रहरीले पत्रकार हमाललाई पक्राउ गरेको थियो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले मंगलवार एक विज्ञप्ति प्रकाशित गर्दै पत्रकार हमालको विना सर्त रिहाईको माग गर्दै ११ वटै जिल्ला शाखालाई आन्दोलनमा होमिन आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य हमाल जनसंचार डटकमका सम्पादक हुन् । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार हमालको रिहाईपछि पुनः पक्राउ गरेपछि त्यसको बिरोधमा बुधवार विहान ११.०० वजे जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । त्यसैगरी गण्डकीका प्रदेशका अन्य १० जिल्लामा पनि बिरोधका कार्यक्रम हुने छन् ।

जनपक्षीय पत्रकारिता गर्दै आएका पत्रकार ओम हमालको रिहाइ माग गर्दै मानव अधिकारवादी संस्थाले समेत आवाज उठाउदै आएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width