कास्की आदर्श युएईको २०७६ को तीज विशेष

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७६
20190830_165045

युएई, १४ भदौ । कास्की आदर्श सेवा समाज, युएईद्वारा आयोजित हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान तथा दर खाने र युएई कार्यरत समाजमा सक्रिय कस्केली महिलाको भेला सम्पन्न भएको छ ।

युएईको दुवई स्थित मुश्रिफ पार्कमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली समाज युएईका भूपू केन्द्रीय सदस्य एवं कास्की आदर्श सेवा समाज युएईका संस्थापक संरक्षक गुप्तशेखर पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिको रूपमा कास्की आदर्श सेवा समाज युएईका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार संयोजक मनोजकुमार सैंजु, समाजका संस्थापक सदस्य एवं सल्लाहकार ओम गुरूङ, समाजका आजीवन सदस्य तथा तमु प्ये ल्हु संघ युएईका अध्यक्ष भिम तमु सविनय, समाजका आजीवन सदस्य तथा पंचासे लगानी कोष युएईका संयोजक बुद्धिबहादुर रानाभाट तथा एनआरएन युएईका केन्द्रीय सदस्य कमल खानको उपस्थिति रहेको थियो ।

त्यस्तै समारोहमा समाजका, केन्द्रीय समिति तथा क्षेत्रीय समितिका पदाधिकारीहरूका साथै अन्य आजीवन सदस्यहरू तथा साधारण सदस्यहरू, खेलाडीहरू एवं युएई कार्यरत कस्केली तथा गैरकस्केली चेलीहरू सहभागी थिए । कार्यक्रम संचालक समाजका महासचिव विकास अधिकारीले नेपाली संस्कृति तथा परम्परालाई जोगाउनका खातीर एवं माइती र चेलीको प्रगाढ सम्बन्धलाई व्यख्या गर्ने पर्व तीज अर्थात् हरितालिकाको महत्व बेग्लै रहेको कुरा अवगत गराएका थिए ।

प्रवासको बसाइका क्रममा आफ्नो माइतीबाट सात समुन्द्र पारी रहेका कस्केली चेलीहरूलाई माइतीको न्यास्रो मेटाउनका लागि गत वर्षका जस्तै यस वर्ष पनि युएईमा रहेका कस्केली चेलीहरूलाई माइतीको आभाष दिलाउने उदेश्य अनुरूप यस कार्यक्रम आयोजना गरिएको वताइएको छ ।

समाजकी केन्द्रीय सदस्य शोभा शर्माले स्वागत यस समाजले सारेका हरेक सामाजिक गतिविधिहरूमा हातेमालो गर्न तयार रहेको बताइन् । समाजकी सक्रिय आजीवन सदस्य निर्मला थापा जिसीलाइ प्रशंसा पत्रले सम्मान गरिएको थियो भने युएईमा भए गरेका फुटबल प्रतियोगिताहरूमा समाजको फुटबल टिमबाट प्रतिनिधित्व गर्दै समाजको नाम रोशन गर्न सफल फुटबल खेलाडीहरूलाइ पनि प्रशंसा पत्र तथा खादाले सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width