लायन्स आर्दश चौतारी पाचौ वर्षमा

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०७६
Lions adrsha chautari news photo

पोखरा, भदौ १६ । लायन्स क्लब अफ पोखरा आर्दश चौतारीले आइतबार आफनो पाचौ स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।

प्रमुख अतिथि ३२५ वि वानका सेकेण्ड भाइस गर्भनर विशेश्वर आचार्यले कार्यक्रमको उद्घाटन गदै बालबालिका र युवा लक्षित सशक्तिरणको भूमिकालाई लायन्सले निर्वाह गदै शिक्षा र स्वास्थ्थमा जोड दिनु पर्ने बताए । त्यसैगरी पिएमसीसी प्रेमबहादुर श्रेष्ठले निकै छोटो समयमा क्लबले प्रशंसनीय कार्य गर्न सफल भएकोमा धन्यवाद व्यक्त गदै मानवीय सेवामा निरन्तरताको लागि शुभकामना व्यक्त गरे ।

क्लबका अध्यक्ष भरतराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा ३२५ बी वानका डिष्ट्रीक क्याविनेट सेक्रेटरी विनोद ढुंगाना, जोन चियर पर्सन ओमप्रकाश सिग्देल, जेएलटी डिष्ट्रीक को–अडिनेटर किशोर बराल, डेपुटी डिर्पाट चीफ माधव पौडेल,क्लवका एक्सेशन चियर पर्सन कमलबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य गरेको थिए ।

सो अवसरमा वर्षभरी भएका विभिन्न कार्यक्रममा संयोजक भई कार्य गरेका दयाशंकर गौतम, राजेन्द्र भण्डारी, मोहनराज पौडेल, वसन्तराज कोइराला, रुकबहादुर गुरु·, नमराज क्षत्री र विद्यालयमा अक्षयकोष स्थापना गरेका किशोरकुमार रंजितलाई सम्मान एवम् नवआगन्तुक सदस्यहरुलाई स्वागत गएिको थियो । एक्सेशन चियर पर्सन कमलबहादुर बस्नेत र राजु श्रेष्ठबाट क्लवलाई वीस थान लायन्सको लोगो अंकित पंहेलो ज्याकेट सहयोग प्रदान गरेका थिए । कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष मोहनराज पौडेल, धन्यवाद ज्ञापन चार्टर प्रेसिडेण्ट वासुदेव कोइराला र सञ्चालन सचिव रुकबहादुर गुरु·ले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • लायन्सका डिस्ट्रिक्ट गभर्नर आचार्यद्वारा पदभार ग्रहण

      आदर्श समाज सम्वाददाता असार १७, २०७८
      पोखरा । लायन्स क्लब्स् इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ को लायन वर्ष २०२१–२२ का लागि निर्वाचित डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले…
    • लायन्सले १३ जिल्लामा मोडल भिलेज स्थापना गर्ने

      आदर्श समाज सम्वाददाता जेठ ३, २०७८
      पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालको वागतमती तथा गुल्मी एरियाको पिभिएसटी स्कुलिङ जेठ १ गते शनिबार सम्पन्न भएको…
    • लायन्स भद्रकालीमा शर्मा

      आदर्श समाज सम्वाददाता चैत्र २३, २०७७
      पोखरा । लायन्स क्लब अफ पोखरा भद्रकालीको अध्यक्ष कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । लायन वर्ष २०२१÷२२ का लागि प्रथम…
    • लायन्स ३२५ बी १ काे अधिवेशन : गभर्नरमा विशेश्वर

      आदर्श समाज सम्वाददाता चैत्र १४, २०७७
      पोखरा। लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पोखरामा सम्पन्न नवौं कन्भेन्सनबाट डिष्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य निर्वाचित भएका छन्…
    • चैत १४ गते पोखरामा लायन्सकाे कुम्भमेला

      आदर्श समाज सम्वाददाता चैत्र ८, २०७७
      पोखरा । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चैत…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads