प्रहरीसंग एक दिन

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०७६
police photo

पोखरा, १६ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आईतबार पोखरामा आयोजित ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले समाजलाई दिशानिर्देश गर्नको लागि युवालाई उत्तरदायित्वका विषयमा जानकारी दिनु आवश्यक भएको बताए ।

युवा बौद्ध संघ नदिपुर पोखरामा आबद्ध भएका ५० जना बालबालिकाको सहभागिता रहेको उक्त कार्यक्रममा आधारभुत सुरक्षा,स्पर्श,गोप्य कुराहरु,सडक सुरक्षा,डायल १०० लगायत सुरक्षा सम्बन्धी जानकारी गराइएको थियो ।

सो प्रशिक्षण कार्यक्रममा प्रहरी निरीक्षक विशाल थापा, प्रहरी नायव निरीक्षक टंक पौडेल, होतबहादुर रोका,रामबहादुर कार्की लगायतले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा उपस्थित बालबालिकालाई जिल्ला प्रहरी कार्यालयको दर्ता चलानी,सीसी टिभी कक्ष,उजुरी शाखा,महिला सेल, महाशाखा हिरासत लगायतका शाखाहरु अवलोकन र सो शाखाहरुबाट प्राप्त गर्न सकिने प्रहरी सेवाको विषयमा समेत जानकारी गराइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width