काँग्रेस वैठकमा रविको चर्चा

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०७६
Nepali-Congress-senior-leaders

पोखरा, १६ भदौ । रवि लामिछानेको पछाडि आम जनता देखिएपछि राजनीतक पार्टीले आफ्नो कार्यशैलीका बारेमा समीक्षा गर्न थालेका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतवार वसेको बैठकमा रवि लामिछानेका पछि भिड लाग्नुको बारेमा चर्चा भएको थियो । बैठकमा गगन थापाले कांग्रेसले आफ्नो जिम्मेवारी निभाउन नसक्दा जनता रविहरुका पछाडि जान थालेको बताएका थिए ।

रविका समर्थकले पोखेको आक्रोश सरकारसँग मात्र नभई प्रतिपक्षसँग पनि भएको उनको तर्क थियो । ‘उनीहरु आफ्नो मुद्दा प्रतिपक्षले बोकोस् भन्न चाहन्थे तर, हामी आन्तरिक विषयमा सीमित भयो । त्यो अपेक्षाभन्दा धेरै टाढा रह्यौं ।’महेश आचार्यले त्यसमा सहमति जनाउँदै पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति वा प्रधानमन्त्री हुने योजना छाडेर जनताको मुद्दामा केन्द्रित हुन सुझाव दिएका थिए ।

प्रदिप गिरीले भने ठट्यौली शैलीमा पद छाड्नुस् काम गर्नुस् भन्दा नेताहरुले नगर्ने बताए । ‘कसैलाई फेरि सभापति हुनुछ, कसैलाई एक पटक प्रधानमन्त्री हुनुछ’ उनले भने, ‘बरु पद लिनुस् तर यसो गर्नु भएको भए थोरै काम हुन्थ्यो कि ?’

Related News

सम्बन्धित समाचार

hero news full width