गुरुकुल आश्रमलाई टेलिभिजन

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७६
tv photo

पोखरा, १५ भदौ । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आयोजना तथा दुर्गा एण्ड दीपा इलेक्ट्रोनिक्सको सहयोगमा पोखरा १५ ढुंगासाँगु स्थित राष्ट्रिय परोकार महासंघ नेपालद्वारा संचालित सिद्ध परोपकार वैदिक गुरुकुल आश्रमलाई दुई वटा टेलिभिजन वितरण गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरी क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले आश्रमका संरक्षक भागवत भाष्कर कमलनयन गौतमलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा भागवत भाष्कर कमलनयन गौतमले सहयोग र सहभागिता सानो ठुलो हुँदैन, आबश्यकता परेका स्थानमा सहयोग गर्दै जान अनुरोध गर्दै महासंघको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा पुष्पाञ्जली भजन समुहका अध्यक्ष तथा लोक दोहोरी गायक कृष्णप्रसाद गौतम, क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाट, पूर्वअध्यक्ष कृष्णबहादुर रानाभाट, दुर्गा एण्ड दीपा इलेक्ट्रोनिक्सका प्रोपाइटर तथा क्लबका डाइरेक्टर दुर्गा सुबेदीलगाएतले आफ्नो भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…
  • लायन्स अन्नपूर्णमा गणेश छवि

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम…

hero news full width