हाँसपोखरीमा तीजगीत तयारी

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७६
haspokari

लेखनाथ, १५ भाद्र । रुपा गाँउपालिका–७ को हाँसपोखरी युवा क्लबले नेपाली नारीको पर्व हरितालिका तीजको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता गर्ने भएको छ ।

हाँसपोखरीमा सोमवार हुने तीज गीत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी कार्यक्रम संयोजक सुनील सुवेदीले दिए । संस्कृतिको रक्षा गर्नु युवाको प्रमुख दायित्वको साथ यस वर्ष पनि तीज गीतका साथै वृद्ध दौड प्रतियोगिता तथा घैटो फुटाउने कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय तथा सान्त्वना हुने लाई क्रमश रू.८ हजार १ सय, रू.४ हजार १ सय, २ हजार १ सय र १ हजार १ सय प्रदान गरिने वतायएको छ । उक्त पुरस्कारको रकम देश तथा विदेशमा रहेका आफ्नो गाँउ र संस्कृतिको माया भएका व्यक्तिहरुबाट प्राप्त भएको वताइएको छ । प्रथम पुरस्कार अमेरिका वस्दै आएका वृहस्पति लम्सालले प्रदान गर्ने छन् भने अन्य पुरस्कार अमेरिकामा नै बस्दे आएका मदन सुवेदीबाट प्राप्त हुने जानकारी संयोजक सुनील सुवेदीले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा छठ पर्वको तयारी पूरा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०७९
    पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन…
  • सकियो सडक महोत्सव

    आदर्श समाज सम्वाददाता पौष १७, २०७७
    पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
  • याे वर्ष टुर दी पोखरा नहुने

    आदर्श समाज संवाददाता पौष १०, २०७७
    पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
  • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

    रासस भाद्र १४, २०७७
    काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…
  • थारु समुदायको संसारी पूजा स्थगित

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०७६
    नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने…

hero news full width