इनरह्वीलद्वारा आश्रमलाई सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७६
ashram photo

पोखरा, १५ भदौ । इनरह्वील क्लब अफ न्यूरोड पोखराले मानव सेवा आश्रम छोरेपाटनलाई सहयोग प्रदान गरेको छ । तीज र बावुको मुख हेर्ने दिनको अवसर पारेर क्लबले आश्रमलाई खाद्यान्न सामग्री, लत्ता कपडा र नगद सहयोग गरेको हो ।

कार्यक्रममा आइडब्लु ईञ्जिनियर विमला पिया (श्रेष्ठ)ले मानव सेवा आश्रम छोरेपाटनका संयोजक राजन सापकोटालाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा क्लबकी संस्थापक अध्यक्ष निर्मला मल्ल, पूर्व अध्यक्षहरु गंगाकुमारी पराजुली पौडेल, कमला बास्तोला लगायतको उपस्थिति रहेको अध्यक्ष विमला पिया श्रेष्ठले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width