पोखराका पत्रकार महिला एकैसाथ सम्मानित

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७६
photo 1 (4)

पोखरा, १५ भदौ ।रेडियो सफलता मासवार पोखराले पोखराका पत्रकार महिलालाई सम्मान गरेको छ ।

लामो समयदेखी पत्रकारिता पेशामा क्रियाशिल पत्रकार महिलालाई सम्मान गरिएको हो । पत्रकार सुश्मा पौडेल, विमला भण्डारी, जमुना शर्मा वर्षा, सरिता तिमिल्सेना पंगेनी, शीला गुरुड, इन्दिरा गुरुड, शान्ति गुरुड, राधिका कडेँल, कञ्चन थापा, गोमा घिमिरे रुचि, ईश्वरी पौडेल, पार्वती पौडेल, कविता श्रेष्ठ, नरमाया रसाइली, गीता लामिछाने विष्ट लगायतलाई सम्मान गरिएको थियो ।

साथै सोही कार्यक्रममा साहित्यकार तथा गायिका चन्द्रावती वाग्ले र सामाजिक व्यक्तित्व अम्विका भागवत् नेपाल फाउण्डेशनका संरक्षक अम्विका नेपाललाई समेत सम्मान गरिएको थियो । सोही कार्यक्रममा लामो समयदेखि रेडियोमा कार्यरत संचारकर्मी तथा गायक नारायण भट्राईलाई सम्मान गरिएको थियो ।

रेडियोद्वारा शनिवार आयोजित नवौ सफलता तीज गीत प्रतियोगितामा नमूमा आमा समूह हेम्जा प्रथम भएको छ । प्रतियोगितामा द्धितीय कमल जोशी आमा समूह, तृतीय कामधेनु दिदीबहिनी समूह हेम्जा, सान्त्वना महिला क्लब पोखरा, उत्कृष्ट नृत्य वडा बाल मञ्च पामे, उत्कृष्ट भेषभूषामा समृद्धि दिदीबहिनी समूह हरिचोक वगर, र अनुशासन मासबार आमा समूह विजयी भएका छन् ।

गण्डकी प्रदेश सरकार उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा भएको नवौ तीज गीत प्रतियोगितामा प्रथम पुरस्कार रु २०,००० द्धितीय पुरस्कार रु १५,००० तृतीय पुरस्कार रु १०,००० सान्त्वना पुरस्कार रु ५,००० उत्कृष्ट भेषभूषा २,००० उत्कृष्ट नृत्य २,००० र अनुशासीत समूहलाई रु २,००० प्रदान गरिएको छ । प्रतियोगितामा २३ समूहले भाग लिएका थिए ।

कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइराला र माननीय ललितकला गुरुडको विशेष आतिथ्यतामा भएको हो । रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बराल, अन्नपूर्ण बाल तथा महिला अस्पतालका अध्यक्ष विश्व घिमिरे, विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष शकर खराल लगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक पार्वता पौडेल र धन्यवाद ज्ञापन रेडियो सफलताका कार्यक्रम संचालक शिवराज बस्ताकोटीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा छठ पर्वको तयारी पूरा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०७९
    पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन…
  • सकियो सडक महोत्सव

    आदर्श समाज सम्वाददाता पौष १७, २०७७
    पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
  • याे वर्ष टुर दी पोखरा नहुने

    आदर्श समाज संवाददाता पौष १०, २०७७
    पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
  • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

    रासस भाद्र १४, २०७७
    काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…
  • थारु समुदायको संसारी पूजा स्थगित

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०७६
    नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने…

hero news full width