इन्फोम्याक्स् कलेज रानीपौद्वारा एमवीए कार्यक्रम शुभारम्भ

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७६
69239116_745406559246936_3092171600359849984_n

पोखरा, १४ भदौ । पोखराको रानीपौवा स्थित इन्फोम्याक्स् कलेज अफ आईटी एण्ड मेनेजमेण्टले मलेशियाको एशिया प्यासेफिक युनिर्भरसीटीसँग सम्वन्धन लिई एमवीए र विएसीआईटीको पढाई शुरु गरेको छ ।

कलेजले पोखरामा शुक्रवार एक कार्यक्रमको आयोजना गरी एमवीए कार्यक्रमको शुभारम्भ सार्वजनिक गरेको हो । अनुसन्धान मूलक उक्त दुई वर्षे कोर्ष अन्तरगत एमवीए अध्ययनका लागि विद्यार्थीहरु भर्ना हुन सक्ने जानकारी कलेजका निर्देशक विकास पहारीले दिए ।

शिक्षा मन्त्रालयबाट स्वीकृति र त्रिभूवन विश्वविद्यालयबाट मान्यता प्राप्त गरी सन् २००५ बाट संचालनमा ल्याइएको उक्त कलेजले एमविएको नयाँ कार्यक्रम ल्याएको हो । यस अघि पोखराको मणिपाल विश्वविद्यालयबाट सम्वन्धन लिएर पढाई संचालन गर्दै आएको थियो ।

अनुसन्धानमूलक कोर्ष भएकाले विद्यार्थीले मार्केटिङ, बैंकिङ, अर्थशास्त्र, फाइनान्स, मानव संसाधन लगायतका क्षेत्रमा अनुसन्धान गर्न सक्ने छन् । एमवीएका कार्यक्रम प्रमुख सुवाष पौडेलले यही जनवरीबाट पढाई शुरु गरिएको जानकारी दिए ।

सो अवसरमा बोल्दै पृथ्वीनारायण क्याम्पसका प्राडा लेखनाथ भट्टराईले एमवीएमा मास्टर्स गर्नु कठिन कुरा भएको बताउदै विश्वमा नै प्रतिस्पर्धा गर्न सक्ने शिक्षा विद्यार्थीलाइृ प्रदान गर्न सक्नु पर्नेमा जोड दिए ।

एमवीए कार्यक्रम व्यवसायिक आवश्यकता बनेको छ, बजालको माग अनुसार जनशक्ति उत्पादन गर्न सक्यौ भने त्यो जनशक्ति बजारमा विक्छ, प्राडा भट्टराईले भने–नेपालमा नै गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको खण्डमा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाने कार्य रोकिन्छ ।

वातावरणीय रुपमा पोखरा शिक्षाको केन्द्र वन्न सक्छ,पोखराकै पाठ्यक्रम किन नदिने उनको प्रश्न थियो । अनुसन्धानका विषय पोखराका हुन सक्छन्, भट्टराईले भने– पोखरामा दक्ष शिक्षक छैनन् भनेर सधै हेप्ने राजधानी काठमाण्डौलाई चुनौति दिर्दै पोखराबाट पनि शिक्षाको क्षेत्रमा प्रगति गर्न जरुरी रहेको बताए ।

एमवीएकी विद्यार्थी अस्मिता बरालले एमवीए कार्यक्रमबाट समयसापेक्ष रुपमा अपडेट र वढीभन्दा वढी नयाँनयाँ कुराहरु अध्ययन र अनुसन्धान गर्न अवसर मिलेको बताइन् ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width