रुपन्देहीमा पनि डेंगु संक्रमितको संख्या बढ्दो

एक महिनामा ३३ विरामी भेटिए

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७६
hospital (1) (4)

बुटवल १४ भदौ । देशभर डेंगुको महामरी जस्तै फैलिरहेका वेला रुपन्देहीमा पनि यस्ता विरामीहरुको संख्या बढ्दै गएको छ ।

रुपन्देही जिल्लामा समाचार तयार पार्दा सम्म डेंगुका ३३ बिरामी फेला परेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । प्रदेश ५ मा करिव एक सय बिरामीहरु भएको अनुमान गरिए पनि यकिन विवरण भने पाउन सकिएको छैन । साउन लागेपछि अस्पतालमा पुगेका ३३ जना डेंगु रोगका बिरामि फेला परेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको हो ।

रुपन्देही जिल्लाको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सबैभन्दा बढि १७ जना डेंगु संक्रमीत उपचाररत रहेको अस्पतालका सहायक मेडिकल रेकर्डर चन्द्रकान्त महतोले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालका अलावा बुटवल स्थित बुटवल हस्पीटल प्रालिमा तीन जना डेंगुका बिरामिहरुको उपचार भैरहेको उनले बताए । क्रिमसन अस्पताल,भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज समेत गरी रुपन्देहीका अस्पतालहरुमा आज सम्म ३३ जना डेंगुका बिरामीहरुको उपचार भैरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

पूर्वी नेपालको धरानबाट फैलिएको डेंगु संक्रमीतहरुको संख्या देशभर गरी झण्डै १६ सय पुगेको छ । २ जनाको मृत्यु नै भैसकेको छ । दिउसोको समयमा पोथी लामखुट्टेको टोकाईबाट लाग्ने यो रोग लाग्ने चिकित्सकहरुले बताएका छन् । यस्ता विरामीको उपचारका लागि सबै प्रवन्ध गरेको बुटवलको प्रदेशिक अस्पतालका मेडिकल सुपेरीटेण्डेन डा कृष्ण खनालले बाताए । डेंगु नियन्त्रणका लागि सरकारीतर्फबाट विभिन्न पुर्व तयारीहरु भएपनि यसको प्रभावकारिता देखीएको छैन ।

बिक्रम खड्का

Related News

सम्बन्धित समाचार

hero news full width