छाडा चौपायः व्यवस्थापनमा उदासीनता

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७६
cow photo

बुटवल १४ भदौं । बांकेमा छाडा पशु चौपाय व्यवस्थापनको नाममा पशुहत्या भएको भन्दै सर्बत्र आलोचना भैरहेका बेला प्रदेश ५को अस्थायी राजधानीमा पनि यो समस्या जटिल बन्दै गएको छ ।

दुध दिदासम्म गोठमा वाध्ने र दुध दिन छाडेपछि सडकमा छाड्ने प्रवृतिले समस्यालाई थप जटिल बनाएको हो । बुटवल– वेलहिया सडक विस्तार गरी ६ ल्यानको निमार्ण गरिएको छ । जसका कारण हजारौ घर भत्काईएको छ भने धेरै संरचनाहरु स्थानान्तरण गरिएको छ । जसवाट सडक निकै आर्कषक र चिल्लो छ । सवारी चालकहरु फराकिलो सडकमा आनन्दका साथ सवारी साधन चलाउने भन्दै गाडि हुईकाउने गर्दछन् । तर त्यही सडकमा छाडा पशु चौपायले भने अड्डा नै जमाएका छन् । जसबाट सो सडक खण्डमा यात्रा गर्नेहरु अंगभंगदेखि मृत्युवरण समेत गर्न वाध्यछन् । यस विषयमा सरोकारवाला निकायको वेवास्था रहेको छ ।

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले आफ्नो चुनावी घोषणा पत्रमा छाडा चौपाय व्यवस्थापनको मुद्दालाई प्रमुखताका साथ राखेका थिए । तर चुनाव जितेर कुर्ची सम्हालेको २ वर्ष भन्दा वढि भएपनि यो समस्या समाधानमा उनको ध्यान गएकै छैन ।

छाडा चौपायले सडकमा धरै दुर्घटना निम्त्याई रहेका छन् । तिव्र गतिमा सवारी हिड्ने राजमार्गमा चौपायले अखडा बनाउदा कैयौको यात्रा गन्तव्यमा नपुग्दै समाप्त भएको छ ।
गाईपालनको पकट क्षेत्र रुपन्देहीमा गाईपालकले बाच्छी पाए राख्ने र बाच्छो पाएमा सडकमा छाडिदिने गर्दछन्,। यसका कारण पनि सडकमा गाईवस्तुको संख्या बढ्दै गएको छ । बिषेश गरी रुपन्देहीको तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकामा छाडा चौपायको समस्या बढी छ । व्यवस्थापनको जिम्मा स्थानीय सरकारी निकायको भएको ट्राफिक प्रहरीले बताउदै आएको छ ।

देवहद र तिलोत्तमाको गौशालाले थेगेन

सडक दुर्घटना न्युनीकरण, शहरको सुन्दरता कायम तथा वालीनालीको रक्षाका लागि भन्दै तिलोत्तमा र देवदह नगरपालिकामा गौशाला बनेका छन् । जहां सयौंको संख्यामा पशु चौपायको व्यवस्थापन गरिएको छ । ती दुई वटा गौशालाले पनि सडकका पशुहरुको व्यवस्थापन गर्न सक्ने अवस्था भने देखिदैन । तिलोत्तमा नगरपालिका ११ शान्ति नगर र देवदहको भलुहीमा छाडा पशु चौपायको व्यवस्थापनको लगि गौशाला निर्माण भएको हो । तिलोत्तमाको गौशाला निमार्णका लागि नेपाली कांग्रेसका नेता वालकृष्ण खांणको पहल रहेको थियो । नेता खांणले संसद विकास कोषको रकम वाट गौशाला निमार्ण गरेका थिए । जसमा स्थानिय तहको पनि सहयोग रहेको छ । केहि यस्ता पशुहरु व्यवस्थापनका लागि गौशालामा स्थान भएपनि त्यहा) सम्म आफुहरुले लैजान भनेन सक्ने गौशाला व्यवस्थापन समितिको भनाई छ । तिलोत्तमा गौशाला व्यवस्थापन समितिका अध्यक्ष क्या यमबहादुर खत्रीले गौशालाको क्षमता कम भएको बताउछन् ।
गोठालै बन्नु परेको छ ः ट्राफिक प्रहरी

बुटवल का मुख्य सडकहरुमा बस्ने गाई गोरुहरु धपाउन ट्राफिक प्रहरीलाई हैरानी छ । सडकको ट्राफिक व्यवस्थापनको जिम्मेवारी भएकाले सडक व्यवस्थापनमा छाडा पशु चौपाय चुनौतीकै रुपमा रहेको प्रहरीको भनाई रहेको छ ।

\प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका डिएसपी माधव बुढाथोकी छाडा पशु चौपायका विषयमा धेरै पटक छलफल भएप्नि प्रभावकारी व्यवस्थापन हुन नसकेको बताउछन् । उनले सडकमा दुर्घटना बढ्नुको एउटा कारण पशु चौपाय पनि भएको तर्क गर्दछन् । उनले भने –ट्राफिक प्रहरीको काम गोठालाको जस्तै छ , लौरो लिएर हिड्नु पर्छ जसले गर्दा अर्को दुर्घटना भयो भने प्रहरीलाई आरोप आउछ ।’

बिक्रम खड्का

Related News

सम्बन्धित समाचार

hero news full width