एनआईसी एशियाको चमत्कारिक निक्षेप योजना

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७६
NIC-Asia-bank

पोखरा, १३ भदौ । नआईसी एशिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमात्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकलाई त्यस्तो योजना ल्याएको जानकारी शुक्रवार पोखरा आयोजित पत्रकार भेटघाटमा वैंकका गण्डकी प्रदेश प्रखुम दीपेन्द्र शर्माले बताए ।
बैंकले सुपर चमात्कारिक बचत खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता, वाबु नानी बचत खाता, विद्यार्थी बचत खाता, स्वरोजगार बचत खााता, वैदेशिक रोजगार खाता, उद्यमशील बचत खाता, तलव बचत खाता संचालनमा ल्याएको छ ।

निक्षेप योजनाहरुमा ग्राहकले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजारको बीमा सुविधा प्राप्त गर्न सक्ने उक्त अवसरमा बताइएको छ । जसअन्तरगत परिवारका सम्पूर्ण सदस्यको दुर्घटनाबाट मृतयु वा पूर्ण अशक्तताका लागि १ करोड सम्मको बीमा सुविधा, दम्पत्तीको लागि २५ घातक रोगहरुका लागि ३० लाखसम्मको बीमा सुविधा, परिवारका लागि १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्न सक्ने छन् ।

त्यस्तै सुपर चमात्कारिक योजना अन्तरगत ग्राहकले देशभरका कुनैपनि बेंकको कुनैपनि एटिएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्नेछन् । साथै कर्जामा समेत विशेष छुटका साथै घरमै बेंकिङ सुविधा प्राप्त गर्न सक्ने निःशुल्क डिम्याट खाता, ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाईन मुद्दती खाता, क्रेडिट कार्डको सुविधा योजनाले समेटेको जानकारी उक्त अवसरमा दिइएको थियो ।

साथै अतिरिक्त पृथक स्वीप इन–स्वीप आउट को सुविधा, र मुलुकका सवै क्षेत्र, भेग, तह र तप्काले फाइदा पुग्ने विश्वास बै.ंकले गरेको छ ।
बे.कका मुलुकभर २९७ शाखा कार्यालय, ३४६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बे.कहरुमार्फत बे.किङ सेवा प्रदान गर्दै आएको बताएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width