अरिङगालले टोकेर गम्भीर घाइते

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७६
aringal-1

तनहुँ १३ भदौ । तनहुँको म्याग्देगाउँपालिका–१ धाराडी भन्ने स्थानमा अरिङ्गालले टोकेर एक युवक गम्भीर घाइते भएमा छन्। । गम्भीर घाइते हुनेमा सोही स्थान निवासी २३ वर्षीय बुद्धबहादुर थापा रहेका छन् ।

खेतको काम सकेर म्याग्दे–१ गुणादी स्थित (सिर्दी) मोचाबारी बोटानिक रेष्टुरेन्टसँगै दमौलीतर्फ आउदै गर्दा अचानक अन्दाजी ६/७ अरिङ्गलले टोकेर बेहोस भएका थापालाई दमौली अस्पताल लगिएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि पोखरा पठाइएको छ । घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख विनोद सिलवालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width