पथप्रदर्शक र भरिया विना पदयात्रामा पर्यटक

रासस
भाद्र १२, २०७६

पोखरा, १२ भदौ । गाईड विना नै पदमार्गमा यात्रा गर्दैगर्दा एक वर्ष अघि एक सम्पन्न मलेशियन नागरिकको मृत्यु भयो । उनको खोजिकै लागि होलिकोप्टरबाट देशकासारा सम्यन्त्र परिचालित भए तर अझैपनि विदेशी पर्यटक गाइड विना नै हिमाली क्षेत्रकम पदयात्रा गर्ने कार्य रोकिएको छैन् ।

नेपाल घुम्न आएका विदेशी पर्यटक एक्लाएक्लै विभिन्न पदमार्गमा आफूखुशी पुग्ने गर्दा उनीहरु असुरक्षित हुने गरेका छन् । पर्यटक स्वयंबाट पथप्रर्दशक र भरिया विना विभिन्न ठाउँ पुग्दा त्यसले पर्यटक असुरक्षित, बाटो नचिन्ने र लेकलाग्ने खतरा वढेको छ ।

नेपाल आउने पर्यटकमध्ये ७० प्रतिशत विभिन्न पदयात्रामा पुग्ने गरेको ट्रेकिङ्ग एजेन्सिज एशोसियशन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलको भनाइ छ । टान पश्चिमाञ्चलको तथ्याङ्क अनुसार टिम्स (ट्रेकर्स इमफर्मेशन मानेजमेन्ट सिस्टम) मार्फत आर्थिक वर्ष २०७५/७६ मा २२ हजार ३८४ तेस्रो मुलुकका पर्यटक पथप्रर्दशक र भरिया लिएर पदयात्रामा गएका थिए । सार्क मुलुकबाट गु्रुप टिम्समा जाने २७ हजार ६६८ जना रहे तर, यिनीहरु मुक्तिनाथ दर्शन गर्न गाडीबाट जाने भएकाले पथप्रदर्शक र भरियाको जरुरत पर्दैन । यो अवैधानिक भएको टान अध्यक्ष भुजेलको भनाइ छ । तेस्रो मुलुकको लागि ग्रुप टिम्स १ हजार र सार्क मुलुकको लागि ३ सय रुपैयाँ लाग्छ ।

आव २०७५/७६ मा सार्क मुलकबाट ४ हजार २७८ र अन्य मुलुकबाट २० हजार ५७३ पर्यटक गरी जम्मा २४ हजार ८५१ (पथप्रदर्शक र भरिया बिना) पदयात्रा गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको तथ्याङ्क छ । नेपाल पर्यटन बोर्डबाट तेस्रो मुलुकका पर्यटन पदयात्रा जानेले २ हजार र सार्क मुलुकको पर्यटकले ६०० रुपैयाँ तिर्नु पर्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रबाट आव २०७५/७६ मा ७४ हजार ३४३ जनाले प्रवेशाज्ञा लिएको देखिन्छ । यी तथ्याङ्कलाई नियाल्दा पर्यटक पथप्रदर्शक र भरिया लिएर जाने झण्डै २३ हजार मात्रै देखिन्छ भने ५० हजार भन्दा बढी पथप्रदर्शक र भरिया विना गएको भेटिन्छ ।

पर्यटन मन्त्रालय विदेशी पर्यटकको सवालमा निकै लचिलो हुँदा यो समस्या देखिएको अध्यक्ष भुजेल बताउछन् । विदेशी पर्यटकलाई समेत पथप्रदर्शक लिएर जानुपर्ने अनिवार्य नियम नभए पछि पर्यटक आफूखुशी हिँड्ने गरेको भुजेलको भनाई छ ।

पर्यटक प्रहरी प्रमुख लेकसाइडका भगवती तिमिल्सिना पर्यटकहरु आफूखुशी एक्लाएक्लै हिँड्दा हराउने र विभिन्न समस्यामा पर्ने गरेको बताउछिन् । नेपालको भौगोलिक अवस्थिति र मौसमको अवस्थाका बारेमा विदेशी पर्यटक जानकार नहुने र त्यसले समस्या निम्त्याउने झण्डै २० वर्षदेखि ट्रेकिङ व्यवसायमा आवद्ध रहँदै आएको थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङका सञ्चालक लक्की कार्कीले बताइन् । पोखरामा अहिले झण्डै एक हजार ४०० जना अनुमति प्राप्त पथप्रदर्शक छन् भने रोजगारी पाउने ३०० को हाराहारीमा मात्रै छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width