पोखरा १० सृष्टिटोलमा नयाँ खानेपानी जडान सम्पन्न

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७६
sirsthi tole news jpg

पोखरा महानगरपालिका वडा नं १० को आर्थिक सहयोगमा सृष्टिटोल विकास संस्थामा २ सय ६० मिटर लम्बाइमा नयाँ खानेपानी लाईन बिस्तार गरिएको छ ।

उक्त खानेपानी जडानको प्रमुख अतिथि पोखरा वडा १० का अध्यक्ष राजकुमार गुरुङ्गले कार्यक्रमको उद्घाटन गदै सृष्टिटोलमा वडा र स्थानीयवासीको सक्रियतामा खानेपानी समस्या समाधान भएको र आगामी दिनमा समेत अन्य विकास कार्यमा वडाबासीको सहयोग निरन्तरता रहने अपेक्षा व्यक्त गरे ।

पचासी घरधुरी लाभान्वित हुने खानेपानी जडानका लागि वडा कार्यालयबाट ४ लाख ५० हजार, सृष्टिटोल खानेपानी उपभोक्ता समितिबाट २ लाख ५० हजार र पोखरा खानेपानी संस्थानबाट २ लाख ५० हजारको सहयोगमा जडानकार्य सम्पन्न भएको वडा सदस्य सम्मरबहादुर श्रेष्ठले जानकारी दिए ।

सो अवसर नेपाल खानेपानी संस्थान पोखरा शाखाबाट लाईन बिस्तारमा सहयोग गरेकोमा संस्थानका ई. लक्ष्मण पाण्डे र बिशेष आर्थिक सहयोग गर्ने पबित्र सच्चाई परिवार सृष्टिटोलका प्रमुख हिमकला गुरुङ्गलाई सम्मान गएिको थियो।

उक्त कार्यक्रममा वडा नं १० का वडा सदस्य सम्मरबहादुर श्रेष्ठ, प्रतिभा बिक पोखरेल, निशा मल्ल ठकुरी, दीपकबहादुर थापा, नेपाल खानेपानी सस्था पोखरा शाखाका ई. लक्ष्मण पाण्डे, टोल विकास संस्थाका अध्यक्ष डेटबहादुर गुरुङ्ग, आमा समूहका अध्यक्ष देउमाया गुरुङ्ग र सुकुमेल गुरुङ्ग लगायतले शुभकामना व्यक्त गरेका थिए ।

उपभोक्ता समूहका अध्यक्ष बुद्धिबहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव बिष्णु थापाले स्वागत र सल्लाहकार यामबहादुर थापाले कार्यक्रम संचालन गरेको थियो ।

दामोदर आचार्य

Related News

सम्बन्धित समाचार

hero news full width