पाेखराकाे स्मार्ट कार्ड बस भाडामा महेश यसरी ठगीए

Suraj Hazare Dahal
भाद्र ११, २०७६
ticket (1)

सरकार र बस कम्पनीले जति भाडा तोकेको हुन्छ त्यहि अनुसार मात्र भाडा लिने बस कन्डक्टरको कर्तव्य हुन्छ तर हालै पोखरामा लागू गरिएको स्मार्ट बस इटिकेटिङमा यात्रु र कन्डक्टरबिच भाडामा विवाद शुरु भएको छ । आज बिहान बगरबाट महेन्द्रपुलका लागि पोखरा यातायात प्रालिको नगर बस चढेका पोखरा विश्व विद्यालयका विद्यार्थी महेश अर्यालसँग ग.१.ख ५२८९ (तस्विरमा हेर्नुहोस् टिकेट) नम्बरको बसका कन्डक्टरले उनको स्मार्टकार्ट स्वायप गरेर मसिनबाट उनी र उनको साथीको गरि विद्यार्थी भाडा रु १६ काट्नुपर्नेमा दुईजना विद्यार्थीको भाडा रु २० काटेपछि उनीहरुबिच विवाद शुरु भएको थियो । बगरबाट महेन्द्रपुल आउँदा तोकिएको पुरा भाडा रु १४ हो । रु १४ मा ४५ प्रतिशत छुट दिदाँ ६ रुपौयाँ ३० पैसा छुट हुन्छ । रु १४ मा छुट हुन आएको रु ६ रुपैयाँ ३० पैसा घटाउँदा ७ रुपैयाँ ७० पैसा हुन जान्छ । ७ रुपैयाँ ७० पैसालाई राउन्ड अफ् गर्दा आउने रु ८ नै विद्यार्थीले तिर्ने बास्तविक भाडा हो । दुई जना विद्यार्थीको रु १६ भाडा स्मार्ट कार्डबाट काट्नुपर्ने ठाउँमा रु २० काटेपछि उनीहरुबिच विवाद भएको थियो । उनले रु ४ फिर्ता मागेपछि कन्डक्टरले दुई जनाको विद्यार्थी भाडा रु २० र एक जनाको भाडा रु १० नै हो भनेर ढिपी कसेका थिए । महेशले उजुरी गर्ने बताए पछि कन्डक्टरले रु ५ को नोट दिएर अब मलाई रु १ फिर्ता देउ भनेपछि महेश बसबाट ओर्लिए । महेशको स्मार्ट कार्डको नम्बर ११६२२८३४१६०५२६०८ हो । उनले आफ्नो टिकेट लिएर महानगर जाँदा उनलाई यो समस्या ब्यांकमा राख्न बताइयो जबकि यो समस्या ब्यांकसँग सम्बन्धित हुँदैन । कन्डक्टरले नै आफुसँग भएको मेशिनमा अंक थिचेपछि नै बिल प्रिन्ट भएर बाहिर आउँछ । महेशले त्यसपछि चिप्लेढुंगामा रहेका ट्राफिक प्रहरीकोमा समस्या राखेपछि उनलाई पृथ्वीचोक स्थित ट्राफिक कार्यलयमा जान भनियो । उनी त्यहाँ गएपछि गाडीलाई नियन्त्रणमा लिएपछि उनलाई जानकारी दिने बताइयो ।

महानगरमै गएर केही दिन अगाडि उनले इटिकेटिङको बारेमा जानकारी समेत लिएका थिए । १० दिन अगाडि महानगरबाट स्वंयसेवका रुपमा इटिकेटिङका बारेमा जानकारी लिएपछि उनी लगायत अन्यलाई रु १०० ब्यालेन्स भएको मेट्रो कार्ड दिइएको थियो । सोही कार्ड उनले आज बिहान प्रयोग गरेका थिए । पर्सबाट पैसा झिकेर भाडा तिर्ने यात्रुको लागि खुद्रा रकम रु १, रु २ का सिक्का लेनदेन गर्नु समस्या होला तर ब्यांकमा गएर आफ्नै कार्डमा रकम राखेर इकार्डबाट रकम तिर्ने विद्यार्थी वा अन्य व्यक्तिहरुको कार्डबाट भाडा कटाउँदा जति भाडा काट्ने त्यति काट्नु पर्न हो कि होइन ? भनेर महेश प्रश्न गर्छन् । यस्तै स्मार्ट कार्ड नबोकेकाहरुसँग पनि जति भाडा हो त्यति रकम लिनुपर्नेमा कन्डक्टरहरुले अर्को रुटमा रु ३ को हिसाब गर्दैनौं र यो रुटमा भने २ रुपैयाँ बढी लिएका हौं भन्ने जस्ता गैरजिम्मेवार जवाफ दिने गरेका छन् । तर जो यात्री अर्को रुटमा यात्रा नै गर्दैन उसलाई उक्त रुट र त्यसको रकमसँग सरोकार हुँदैन ।

Related News

सम्बन्धित समाचार

hero news full width