विमानस्थलका काम ४५ प्रतिशत सम्पन्न

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७६
runway-18042019084925

पोखरा, ११ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराईले बुधबार क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको निर्माणकार्यको निरीक्षण गरेका छन् ।

विमानस्थल निर्माण कार्यको प्रगतिका बारेमा बुझ्दै मन्त्री भट्टराईले गौरवका आयोजना नेपालमा पनि समयभन्दा अगाडि नै सम्पन्न हुन्छ भन्ने सन्देश जनतामा जान जरुरी भएको बताए ।

आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको ४५ प्रतिशत काम सकिएको जानकारी गराएका थिए । यही गतिमा काम अगाडि वढेमा तोकिएको समयभन्दा ६ महिना अगावै विमानस्थल निर्माण कार्य सम्पन्न हुने दावी उनको थियो ।

सन् २०२१ जुलाई १० मा विमानस्थल निर्माण गरिसक्नु पर्ने सम्झौता छ । मन्त्री भट्टराईले तोकिएको समयसीमा भित्र निर्माणसम्पन्न गर्न निर्देशन दिएका छन् ।
पर्यटनमन्त्री भट्टराईले विमानस्थल निर्माणका विषयमा स्थानीय सरोकारवालादेखि जिल्ला तहका नेता, प्रदेश सांसद र प्रदेशका मन्त्रीहरुलाई डाकेर छलफल गरेका थिए । विमानस्थल निर्माणका समस्या र चुनौतिका विषयमा बुझेर कसरी समन्वयमा समयभन्दा अगाडि नै निर्माण सक्ने भनेर आफू लागेको उनको भनाइ थियो ।

गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले विमानस्थलसँगै सडक निर्माणलाई पनि जोड दिनुपर्ने बताए । स्थानीयबासी विमानस्थलकै कारण सिँचाइ र मुअब्जा समस्या सृजना भएको गुनासो गरेका थिए । २१ अर्ब रुपैयाँमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको निर्माणको ठेक्का चिनियाँ कम्पनी सीएमसीले लिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width