पढ्न हिँडेका ८ विद्यार्थी बेहोस्, १ को मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७६
school-student-nepal

पाल्पा, ११ भदौ । जिल्लाको रम्भा–५ ताहुँमा बिहानै कोचिङ् पढ्न हिँडेका ९ विद्यार्थी बहोस् भएका छन् भने १ जनाको उपचारकै क्रममा निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाए अनुसार अनुसार ताहुँमा रहेको रम्भा माविमा कक्षा १० का विद्यार्थी कोचिङ कक्षा लिन हिँडेका बखत बाटोमै बेहोस भएका थिए ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गकी १६ वर्षीय कमला फाल रहेकी छन् । फालको प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा उपचार हुन सम्भव नभएपछि लुम्बिनी मेडिकल कलेज पठाइएकोमा लुम्बिनी मेडिकल कलेज लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

बुधवार बिहान ७ः३० बजे विद्यालयमा कोचिङ्ग पढ्न जाने क्रममा विद्यार्थी अचानक बेहोस् भएका थिए । सुरुमा कमला फाल बेहोस भएपछि उनीसँगैका ८ जना सहपाठी साथीहरूसमेत रुँदारुदै बेहोस् भएको बताइएको छ । बेहोस विद्यार्थीमध्ये ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ, १ जनाको मृत्यु भएको छ भने १ जनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width