मगर संघ अध्यक्षमा पुनः आले

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७६
Magar Sangh Dhungesaghu

पोखरा, १० भदौ । नेपाल मगर संघ, ढुंगेसाँघु एकाइ समिति पोखराको अध्यक्षमा चन्द्रबहादुर आलेमगर पुनः चयन भएका छन् ।

एकाइको पाँचौं अधिवेशनबाट उपाध्यक्षमा लोकमाया थापामगर, सचिवमा खिलाप दर्लामीमगर, सह–सचिवमा अनु छम्पालीमगर, कोषाध्यक्षमा सरिता थापामगर र सहकोषाध्यक्षमा सिर्जना रानामगर चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा नेत्रमाया थापामगर, शोभा आलेमगर, टोपकुमारी रानामगर, अम्मरबहादुर थापामगर, श्रीमाया आलेमगर, कर्णबहादुर थापामगर, सञ्जय छम्पालीमगर, सीता थापामगर र रामकुमारी थापामगर चयन भएका छन् ।

नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरको प्रमुख आतिथ्यमा भएको अधिवेशनलाई नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर, प्रेम आलेमगरलगायतले सम्बोधन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width