प्रतिवादी छ वर्षपछि पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७६
Waling_Nagarpalika

वालिङ, १० भदौ । जुवा मुद्धाका फरार प्रतिवादीलाई छ वर्षपछि प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार स्याङ्जाको फेदीखोला गाउँपालिका ३ बस्ने ३९ वर्षीय खडानन्द सुबेदीलाई पक्राउ गरेको हो ।

सुबेदीलाई बाग्लुङ जिल्ला अदालतले जुवा मुद्धामा २०७० फागुन १३ गतेको फैसलाले एघार महिना २७ दिन कैद सजाय तोकेपश्चात फरार रहेका प्रहरी प्रवक्ता भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले फरार सुबेदीलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले पक्राउ परेका सुबेदीलाई तोकिएको सजायँ भुक्तानीका लागि जिल्ला कारागार स्याङ्जा चलान गरेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width