पिसजोनमा विविध कार्यक्रम

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७६
high-school-building-icon-5

पोखरा १० भदौ । पोखराको पिसजोन एकेडेमीमा नेपाली सप्ताह अन्तर्गत कक्षा युकेजीदेखि कक्षा १० सम्म विविध कार्यक्रम सम्पन्न भएका छन् ।

उक्त अवसरमा श्रुतिलेखन, निबन्ध लेखन,वक्तृत्व, हस्तलेखन गराइएको थियो । कक्षागत रुपमा गराइएको प्रतिस्पर्धामा उत्कृष्ट छात्र र उत्कृष्ट छात्रा चयन गरिएको थियो । निबन्ध लेखनमा भने प्रथम,द्वितीय र तृतीय छनोट गरिएको थियो ।

सूचना प्रविधि, हाम्रो संस्कृति हाम्रो पहिचान, बाल अधिकार हाम्रो अधिकार,वातावरण संरक्षणमा हाम्रो दायित्व लगायतका विषयमा कक्षागत रुपमै छुट्टाछुट्टै विषय दिएर निबन्ध लेखन गराइएको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए ।

विद्यालयले वार्षिक तालिका अनुसार विभिन्न विषयका सप्ताहअन्तर्गत कार्यक्रमहरु गर्दै आएको छ । यसअघि गत महिना अङ्ग्रेजी सप्ताह पनि सम्पन्न गरिएको थियो । विद्यार्थीलाई सहक्रियाकलापमा सहभागी गराई उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर सञ्चालन गर्ने गरिएको दाहालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…
  • हिमालय माविले स्वर्ण महोत्सव मनाउने

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । अन्नपूर्ण ७ स्थित हिमालय माविले त्रिदिवसीय कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले यही वैशाख १०…

hero news full width