पद्यश्री सहकारीमा इन्दिरा कोइराला

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०७६
padhmashree (1)

पोखरा, ९ भदौ । पद्यश्री बचत तथा ऋण सहकारी पोखरा ९, न्युरोडको १२ औं साधारणसभा तथा सातौं अधिवेशनले सर्वसम्मत नयाँ सञ्चालक समिति चुनेको छ । समितिको अध्यक्षमा इन्दिरा कोइराला, उपाध्यक्ष सुजा बास्तोला, सचिव देवेन्द्र पालिखे र कोषाध्यक्ष उर्मिला बस्नेत छन् ।

४ वर्षे कार्यकालका लागि नवनिर्वाचित सदस्यहरुमा विजया बास्तोला, ईश्वरी कोइराला र झलक अधिकारी छन् । यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजक गणेश कोइराला र सदस्यद्वयमा यशोदा बास्तोला र लक्ष्मी कुँवर छन् ।

सहकारीको ऋण लगानी उपसमिति संयोजक उर्मिला बस्नेत, सदस्यमा सविता शर्मा र सरिता पौडेल पराजुली चुनिए । शिक्षा उपसमितिमा मीलन केसी र जुना श्रेष्ठ छन् ।

साधारणसभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समिति र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । पद्यश्रीको सेयर पुँजी २ करोड ७ लाख, बचत १ करोड ५७ लाख १८ हजार ४ सय ९, ऋण लगानी ३ करोड ४१ लाख ७६ हजार ५ सय छन् । यसका २ सय २२ सेयर सदस्यमध्ये महिला १ सय ९० र पुरुष ३२ छन् ।
साधारणसभामा सहकारीका संरक्षक कपिलनाथ कोइरालाले समसामयिक नीति निर्माण गरी मर्जरमा जाने वा सामसामयिक ढंगबाट उचालने उपयुक्त निर्णय लिन आग्रह गरे ।

सहकारीलाई सरकारले अर्थतन्त्रको तेस्रो खम्बा मानेकाले सोही अनुरुपको दायित्व निर्वाह गर्न सहकारी क्षेत्र तयार र क्रियाशील रहनुपर्ने उनको भनाइ छ । अर्का संरक्षक श्यामकुमार शर्माले पुँजी वृद्धि गरी संस्थाको आकार बढाउन सुझाव दिए । उत्पादनशील क्षेत्रमा लगानी र सेयर सदस्यको आर्थिक समृद्धिका लागि विशेष खालका योजना ल्याउन उनले आग्रह गरे ।

संस्थाका अध्यक्ष सावित्री शर्माको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव इन्दिरा कोइराला र स्वागत उपाध्यक्ष सुजा बास्तोलाले गरेका थिए । सो अवसरमा हरितालिका तीजको शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width