सांसद केसीद्वारा सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७६
surya bahadur photo

पोखरा, भदौ ८ गते । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा संघीय संसद्का सदस्य सूर्यबहादुर केसीले सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् ।

प्रेस युनियन कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यक्रममा पोखराका वरिष्ठ उद्योगी एवं समाजसेवी समेत रहेका केसीले पुरस्कारको लागि ६ लाख रुपैयाँ अक्षयकोष स्थापनाको घोषणा गरेका हुन् ।

प्रेस युनियन कास्कीले संचालन गर्ने गरी स्थापित सो पुरस्कार गण्डकी प्रदेशमा कार्यरत एकजना पत्रकारलाई हरेक वर्ष नगद ५१ हजार सहित सम्मान गरिनेछ । सो पुरस्कार युनियनकै इतिहासमा सबैभन्दा ठूलो धनराशीको पुरस्कार रहेको युनियन जिल्ला अध्यक्ष नवीन सिग्देलले बताए ।

आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा समाजसेवी केसी र उनकी धर्मपत्नी प्रेमकुमारी केसी परिवारले सो पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारको संस्थापक तथा संरक्षक स्वयं सूर्यबहादुर केसी रहनेछन् ।

केसी परिवारले यसअघि पनि पत्रकार महासंघ कास्कीले संचालन गर्ने गरी कीर्ति स्मृति पत्रकारिता सम्मानको लागि ११ लाख रुपैयाँ अध्यक्षकोष स्थापना गरेका छन् ।

पत्रकारमैत्री समेत भनी चिनिने समाजसेवी केसी आफूलाई दिनमै आनन्द लाग्ने कुरा व्यक्त गरे । उनले पुरस्कार वितरणमा जात, धर्म, लिङ्ग, आस्थाका आधारमा विभेद नगर्न सुझाव समेत दिए ।

उनले पत्रकारले चलाउने कलमकै कारण सरकारका राम्रा–नराम्रा कार्य औल्याउने र सरकारलाई सजक गराउन भूमिका खेल्ने भएकोले आफ्नो ध्यान पत्रकारप्रति रहेको बताए ।

सांसद केसीले पत्रकारिताको माध्यमबाट लोकतान्त्रिक पद्धति र नागरिक स्वतन्त्रता एवं सनातन कालदेखि चल्दै आएको धर्म संस्कृतिको संरक्षणमा समेत टेवा पु¥याउने बताए ।

यस्तै, उनले देशैभरीका पत्रकारको उपचार सहयोगार्थ छिट्टै अक्षयकोष स्थापना गर्ने घोषणा गरे । यसैबीच, पत्रकार ओम हमाललाई राजनीतिक आस्थाका आधारमा प्रहरी हिरासतमा नराख्न आग्रह गरे भने युनियनका सल्लाहकार राजबहादुर गुरुङको उपचारमा आफूले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पुरस्कारले पत्रकार जगतलाई थप जिम्मेवारी बनाउन भूमिका खेल्ने बताए । उनले पत्रकारमाथि राज्यले गरेको धरपकडलाई तत्काल बन्द गर्न समेत आग्रह गरे । पौडेलले लोकतन्त्रमा आस्थाका आधारमा कोही व्यक्तिलाई सरकारले नियन्त्रणमा लिन नपाउने बताए ।

प्रेस युनियनका सल्लाकार रवीन्द्र बास्तोलाले प्रेसमाथि भएको हस्तक्षेपको विरुद्धमा एकजुट हुनुपर्ने बेला आएको बताए । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुरस्कारका नाम धेरै भएको भनिए पनि संस्थागत पुरस्कार भने अझै कमी नै रहेको बताए । उनले पुरस्कार वितरणमा सबै खेमाका पत्रकारलाई अपनत्व हुने गरी वितरण गर्न सुझाव दिए ।

प्रेस युनियनका कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघकी उपाध्यक्ष विमला भण्डारी, युनियन उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेलले लगायतले आफ्नो धारणा राखेका थिए ।

सोही अवसरमा प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोला प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका र कालिका बहुमुखी क्याम्पसको प्रमुख हुन सफल भएकोमा सो अवसरमा युनियनले सम्मान गरेको थियो ।

यस्तै, युनियनका सल्लाहकार राजबहादुर गुरुङको थप उपचारार्थ आवश्यक रकम संकलनमा पहल गर्ने युनियनका सचिव प्रदीप पौडेलले जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width