भीरस्वाँरामा हुमनकुण्ड निर्माण

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७६
human photo

भीरस्वाँरा पौडेल सेवा समाजको १७ वार्षिक साधारण सभा तथा हुमनकुण्डको शनिबार उद्घाटन गरिएको छ ।

भीरस्वाँरा सिद्धेश्वर मन्दिर स्थलमा सम्पन्न उक्त हुमनकुण्डको कुण्डको उद्घाटन ब्रहमकुमार झंकनाथ पौडेलले गरेका थिए । समाजका सल्लाहकार एवं नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सचिव यामनाथ पौडेलले गाउँमा पहिलो कार्यक्रम गरिएकोमा खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद प्रदान गरे ।
पौडेल समाजका आजीवन सदस्य तथा हुमनकुण्ड निर्माण गर्ने दाता लक्ष्मण ,श्रीराम , कृष्ण, राजु, भरत, दीपक, मनिराम (दाइ) मनिराम(भाइ) , मनोरञ्ज, जमुना, अर्जुन, लीलाधर, चन्द्रकान्त, डुलप्रसाद, तारापति, रामप्रसाद पौडेललाई उक्त अवसरमा सम्मान गरिएको थियो ,।

त्यस्तै एसईई मा उत्कृष्ट अङ्क ल्याउने समाजका आजीवन सदस्यका छोराछोरीे एलिसा, युनिस, विश्व, दीक्षा पौडेललाई सम्मानित गरिएको थियो ।
यसै अवसरमा समाजका ज्येष्ठ नागरिक ७० वर्ष उमेरसमूह माथिका वृद्धवृद्धा टोपली, कलावती, हरिप्रसाद गंगा, हरिप्रसाद (किसान) ,खिमकुमारी, डिलकुमारी पौडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रसादको सौजन्य गर्ने वृद्धा डिलकुमारी पौडेलले गरेकी थिइन् । रुद्रलाल,/रुपा पौडेल परिवार गाडीको ढुवानी खर्च र अन्य सामग्रीको सौजन्य गरेका थियो।

कोषाध्यक्ष माधव पौडलेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित गरेको छ।सिद्धेश्वर मन्दिरमा सचिव देउबहादुर पौडेलले सबै पौडेलहरु पौडेल सेवा समाजको आजीवन सदस्य बनी एक आपसमा सहयोग गर्दै अरु समाज जस्तै एकता बन्न आग्रह गरे।समाजका अध्यक्ष सु चित्र पौडेलले सिद्धेश्वर समाजका कार्यसमिति, सिद्धेश्वर भीरस्वाँरा आमा समूह लगायतुसवैलाई आभार प्रकट गरेका थिए ।

समाजका सल्लाहकार जमुना पौडेलले महिला र पुरुष एकआपसमा हातेमालो गरी जुनसुकै काममा सहयोग र सद्भावका साथ अगाडि वढ्नु पर्नेमा जोड दिइन् । समाजका अध्यक्ष सुवेदार चित्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रकको स्वागत उपाध्यक्ष जुक्त पौडेल र सञ्चालन सचिव रुद्र पौडेलले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width