अमरनारायण रथ यात्रा निकालियो

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७६
jatra photo

पाल्पा, ८ भाद्र । तानसेनको अमरनारायण मन्दिरमा आइतवार रथ यात्रा निकालिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कोइरालाका अनुसार १०ः४५ को साइतमा रथारोहण भएको जात्रा तानसेन सितलपाटी हुँदै भगवती मन्दिर, दरवार परिसर, हुलाकचोक, बसन्तपुर हुँदै पुनः सितलपाटीको बाटो भएर टक्सार, लहरेपीपल, नगरपालिकाबाट मन्दिरमा पुगेर विर्सजन भएको थियो । उनका अनुसार रथ यात्रा परम्परागत शैलीमै निकालिएको र केही वर्षदेखि यात्रा व्यवस्थापनलाई व्यवस्थित गरिदै लगिएको छ । इतिहासविद्हरूका अनुसार कर्णेल उजीरसिंह थापाले वि.सं. १८७८ देखि अमर नारायणको रथयात्रा गर्ने परम्परा बसालेका हुन् ।

इतिहास समेटिएका पुस्तकमा उल्लेख भए अनुसार पाल्पाको लागि पहिलो मुख्तियार (गर्भनर) तत्कालिन प्रधानमन्त्री भीमसेन थापाका बुवा काजी अमरसिंह थापाले १८६३ मा निर्माण गरेका हुन् । काठमाडौं उपत्यका बाहिर निर्माण गरिएको प्यागोडा (तले शैलीको) अमरनारायण मन्दिर पाल्पा राज्यको विजयपछि अमरसिंह थापाले स्थानीय बासिन्दाको मन जित्न वैष्णव सम्प्रदायको भव्य नारायणको मूर्ति बनाएका हुन भनिन्छ । मन्दिरभित्र कमलको फूलमाथि ढलोटको चर्तुभुज नारायण र लक्ष्मीको मूर्ति विराजमान रहेको छ ।

अमरसिंह थापाले मन्दिर नजिकै धर्मशाला बनाई अमरनारायण मन्दिरको नित्य पूजा गर्न सामग्रीको व्यवस्था गरिदिएका थिए । तीनतले छाने शैलीमा बनाइएको यस मन्दिरको पहिलो र दोश्रो छानामा झिंगटी तथा माथिल्लो छानामा पित्तलको पाता छाइएको छ । काष्ठकलाले भरिपूर्ण यो मन्दिर पश्चिम नेपालमा पाल्पामा मात्र छ । कलात्मक हस्तकलाले सुसजित मन्दिरको काठका टुँडालहरूमा विभिन्न देवीदेवता, जनावहरूका यौनिक चित्र अंकित गरिएका छन् ।

रथयात्रामा पुजेरीबाट मन्दिरको गर्भ गृहमा रहेको भगवान गोपालको मूर्ति ल्याएर खटमा राखि विशेष पूजा गरिन्छ । रथ उचाल्दा नेपाली सेनाद्वारा बन्दुक पड्काइ बढाइँ गर्ने चलन छ । रथ उचाले पछि रथलाई बोकेर ३ पटक मन्दिरको परिक्रमा गराइन्छ । रथयात्रासँग डमरु बजाउने, चमर पंखा हम्काउने तथा बाजागाजा, भजन मण्डली सहितको टोलीले बजार परिक्रमा गर्दछन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा छठ पर्वको तयारी पूरा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०७९
    पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन…
  • सकियो सडक महोत्सव

    आदर्श समाज सम्वाददाता पौष १७, २०७७
    पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
  • याे वर्ष टुर दी पोखरा नहुने

    आदर्श समाज संवाददाता पौष १०, २०७७
    पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
  • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

    रासस भाद्र १४, २०७७
    काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…
  • थारु समुदायको संसारी पूजा स्थगित

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०७६
    नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने…

hero news full width