तीन होमस्टेलाई डस्टविन वितरण

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७६
Dastbin photo

लमजुङ । लमजुङ उद्योग वाणिज्य संघले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै तीन होमस्टे व्यवस्थापन समितिका लागि डस्टविन वितरण गरेको छ । उद्योग वाणिज्य संघले घरवास अर्थात् होमस्टे सञ्चालन भएका जिल्लाका पर्यटकीय गाउँहरु सिउँरुङ, पुरानकोट र चिसापानीमा फोहोर संकलनका लागि बाल्टिन वितरण गरेको हो ।

संघले मस्र्याङदी गाउँपालिका– ३ स्थित सिउँरुङ होमस्टेलाई १९ वटा, वेँसीशहर नगरपालिका– ४ स्थित पुरानकोट होमस्टेलाई १२ र सोही नगरपालिका– २ को चिसापानी होमस्टेलाई ८ गरी कुल ३९ वटा डस्टविन वितरण गरेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।

उनका अनुसार संघले पर्यटन प्रवद्र्धनसँगै होमस्टे व्यवस्थापन तथा सरसफाइका लागि डस्टविन वितरणको कार्य गरेको हो । उनका अनुसार कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टा रुपमा संकलन तथा व्यवस्थापनका लागि स्थानीयलाई सहज हुने अपेक्षाका साथ सानो सहयोग प्रदान गरिएको छ । ती डस्टविन खरिदका लागि कूल २३ हजार रुपैयाँ खर्च भएको लउवासंघका द्वितीय उपाध्यक्ष गुणराज सिलवालले बताए ।

संघको सभाहलमा आयोजित एक कार्यक्रममा जिल्ला न्यायाधीश हरिषचन्द्र ढुङ्गाना र संघका अध्यक्ष थापाले सयुंक्त रुपमा तीन वटै होमस्टे व्यवस्थापन समितिका अध्यक्षलाई डस्टविन वितरण गरेका हुन् । प्राप्त डस्टविनले होमस्टेको सरसफाइमा सहयोग पुग्ने सिउरुङ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष उमर गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width