लेखा तथा करनीति बारे अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७६
Kar News (1)

लमजुङ । लमजुङमा व्यवसायिलाई आधारभुत लेखा तथा कर नीति सम्वन्धी अभिमुखीकरण गरिएको छ । सनराईज वैक गण्डकी प्रदेश प्रमुख रवीन्द्र केसीको प्रमुख आतिथ्यतामा वेंसीशहरमा त्यस्तो अभिमुखीकरण गरिएको हो ।

प्रमुख अतिथि रवीन्द्र केसीले सेवा उपभोग गरेवापत आम्दानीको केही हिस्सा कर तिर्नु नागरिकको दायित्व भएको बताए । सनराइज बैंकले साना तथा मझौला व्यवसायिलाई आधारभूत कर तथा लेखा नीति सम्वन्धी सामान्य जानकारी दिएको भन्दै उनले आगामी दिनमा थप कार्यक्रमहरु सञ्चालनमा ल्याउने बताए ।

सनराइज बैंक वेँसीशहर शाखा र लमजुङ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा सनराईज वैकका चार्टर एकाउन्टेन नितेश भट्टराईले लेखा तथा कर नीति वारे सहजीकरण गरेका थिए ।

उनले वर्तमान कर नीति, व्यवसायिक तथा व्यक्तिगत कर, लेखा कसरी राख्ने विधि, प्रविधिमैत्री लेखाको आवश्यकता र फाइदा लगायत करको महत्वको विषयमा सहभागीलाई जानकारी गराएका थिए । विभिन्न पेशा व्यवसायमा आबद्ध साना तथा मझौला व्यवसायीलाई कर सम्वन्धी जानकारी गराउने उद्धेश्यले उक्त अभिमुखीकरण गरिएको हो ।

सनराइज वैंक वँेसीशहर शाखा प्रवन्धक यादवराज उपाध्यायले बैंकले आफ्ना ग्राहकवर्गमा वित्तीय साक्षरता प्रदान गर्ने उद्धेश्यले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कर सम्वन्धी अभिमुखीकरण गरिएको बताए ।

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका पदाधिकारी, सनराईज वैकका प्रमुख एवम् कर्मचारी लगायतका विभिन्न पेश तथा व्यवसायमा आवद्ध १ सय ५० जनाभन्दा वढीको सहभागिता रहेको थियो ।
फोटो छ ।

Related News

सम्बन्धित समाचार

hero news full width