अतिरिक्त क्रियाकलापले विद्यार्थीको नेतृत्व क्षमतामा वृद्धि –राना

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०७६
nekapa-office-dhumbarahi

पाल्पा ७, भाद्र । विद्यालय तथा क्याम्पस तहमा आयोजना हुने अतिरिक्त क्रियाकलाले विद्यार्थीको नेतृत्व क्षमता बढाउने प्रदेश पाँचका सांसद वीरबहादुर रानाले बताएका छन् ।

‘अतिरिक्त शैक्षिक कार्यक्रमहरूले विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासमा टेवा पुर्याउछ। विद्यार्थीहरूले यस्तै रचनात्मक र सकारात्मक कार्यक्रमहरू आयोजना गर्दै असल नागरिकको रूपमा अगाडि बढ्नुपर्दछ ।’ रानाले भने । तानसेन बहुमुखी क्याम्पसमा विद्यार्थी हित शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रानाले यस्तो बताएका हुन् ।

सोही कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष भागवत ज्ञवाली, क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली लगायतले विद्यार्थीको चाहना अनुसार शैक्षिक कार्यक्रम सञ्चालन हुनुले उनीहरूकै शैक्षिक विकासमा सहयोग पुग्नेमा जोड दिए ।

शैक्षिक वर्ष २०७५ सालको वार्षिक परीक्षामा कक्षा १२ उत्तीर्ण भएका विद्यार्थी र सम्बन्धित विषयमा उच्चतम नतिजा दिलाउन सफल शिक्षकहरूलाई सम्मान गरिएको सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीले बताए । उनका अनुसार कार्यक्रममा सम्मानित हुने १५ जना विद्यार्थी र उत्कृष्ट विद्यार्थीको रूपमा विद्यार्थी सिर्जना गैरेलाई खादा, सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो ।

सोही अवसरमा विद्यार्थी हित शाखाले प्राध्यापकहरू शारदाध्वज क्षेत्री, अरुण ज्ञवाली, यादव बस्याल, सकुन्तला घिमिरे र माधव शर्मालाई सम्मान गर्नुका साथै प्रभावकारी कार्यसम्पादन गरेवापत प्रकाशकीय सहायक रमा घिमिरे र चालक कान्तुप्रसाद गौतमलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width