भवे सार्कीको स्मृतिमा बटुक भोजन

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०७६
received_675257586293672

पोखरा ७ भदौ । दलित आन्दोलनका अगुवा समाजसेवी तथा शिक्षा प्रेमी स्व. भवे सार्कीको पाँचौ स्मृति दिवसको अवसरमा बटुक भोजन एवम शैक्षिक सामग्री वितरण गरिएको छ ।

निरङ्कुससत्तालाई फालेर सबैले समान रुपले बाच्नुपर्छ भनि लड्ने योद्धा भवे सार्की सबैको नेता रहेको नेपाली कांग्रेस कास्की नेतृ सरस्वती गुरुङले बताइन । मानव भएर बाच्न पाउनुपर्छ भन्दै अभियान थाल्ने सजक नेता गुमेको आभास अझै भएको उनले बताइन ।

सहज वातावरणमा जो पनि हिड्नसक्छ, परिवारमा मात्र नभइ सिङ्गो राज्यकै समस्या बोकेर हिडेको व्यक्ति जो भोक भोकै पनि देशको लागि हिडे उनले बताइन । राजनीतिकका साथसाथै शिक्षाको क्षेत्रमा समेत अमूल्य योगदान दिएको बताइन । भवे दाईको समयमा परिवर्तन हुन निकै कठिन थियो अहिले केही सहज छ, अब टेक्नोलोजीमा जानू पर्छ, देशको छुवाछूत , बिभेदको अन्त्य गरेमात्र दाइको आत्माले शान्ति पाउछू गुरुङले भनिन । भवे सार्की स्मृति प्रतिस्ठानको स्थापनाको लागि सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गरिन् । भबे सार्की कास्की र कांग्रेसको मात्र नभइ सिङो देशको अगुवा रहेको उनले बताइन । सोहीक्रममा बोल्दै गुरुङले गण्डकी प्रदेशकै जेठो विद्यालयमा टेक्नोलोजी भित्र्याउन पर्ने बताइन् ।

२०५८ साल देखि राजा विरोधी आन्दोलनको नेतृत्व गरेका भवे सार्कीको पछाडि हिड्दै गर्दा पार्टीप्रतिको योग्दान देख्दा पार्टीले एउटा असल र इमान्दार नेतालाई गुमाएको नेविसंघका केन्द्रीय सदस्य भानु ढकालले बताए । कांग्रेसले भवे सार्कीको योगदानलाई उच्च सम्मानका साथ हेरे पनि आधिकारी कांग्रेसले भने विर्सेको छ । करिब २० वर्ष जति दलित संघको नेतृत्व गरेका उनले लामो समय जातीय छुवाछूतको लागि लड्दै सबै सम्मान भन्ने कुरा स्थापित गराए ढकालले भने । लोकतान्त्रिक आन्दोलन गरेर गए पनि केही समस्या बाँकी रहेको खण्डमा विचार अनुसरण गरि हिड्न पर्ने उनले बताए ।

दलित संघले दलित समुदायमै हुने विभेद हटाउन पर्ने र सबै जात जाती एकै रहेको भन्ने कुरा स्थापित गर्न सके मात्र भवे सार्कीको सपना पूरा हुने ढकालको धारणा राखे ।

स्व. भवे सार्कीका जेठा छोरा गोविन्द नेपालीले बुवाको राजनीतिक लगाव देखेर विदेश जाने मोह हराएको बताए । विदेश गएको भए धेरै कमाइन्थ्यो, तर बुबाको सपना पूरा गर्नु छ त्यसैले राजनीतिमा अएको हुुँ नेपालीले भने । कांग्रेसले परिवारलाइ विर्से पनि परिवारले भने काङ्ग्रेसलाई नबिर्सने उनले बताए ।
वि.सं. २००० साल मा जनिमिएका सार्की २०२८ साल देखि राजनितिमा सक्रिय हुँदै २०४२ सालमा कांग्रेसका सक्रिय सदस्य भएका थिए । वीपीको आदर्शलाइ जस्ताको तस्तै उतार्न सके मात्र नेपाली नागरिकले लोकतन्त्रको महसुस गर्ने सोच भएका सार्की जुत्ता सिलाएरै जिविजोपार्जन गर्थे उनको निधन २०७१ साल भदौमा भएको हो ।

कार्यक्रममा संस्कृत माविका प्रधानध्यापक गोविन्द सिग्देल , विद्यालय व्यवस्थापन समिति सदस्य गणेश थापा, नेपाल दलित संघ क्षेत्रीय सभापति मानबहादुर लाम्गादे, दलित संघ कास्की सभापति दुर्गाबहादुर सुनार , उपाध्यक्ष बाबुराम नेपाली ,मनबहादुर वि. क लगाएतले आआफ्नो भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width