बेनी बजारमा आउँ–पखलाको संक्रमण फैलियो

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७६
IMG_6599

म्याग्दी,६ भदौ । म्याग्दीको बेनी बजारमा आउँ पखलाको संक्रमण फैलिएको छ । मौसम बदलिएसंगै पानीको मुहानमा बाहिरी फोहोर मिसिएपछि बजारमा आउँ–पखलाको संक्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ ।

केही दिनदेखिको बर्षातका कारण खानेपानीको मुहानमा बाहिरी फोहोर मिसिएकाले आउँ पखलाको संक्रमण फैलिएको बेनी अस्पतालका मेडिकल जनरलिष्ट डाक्टर नवराज बास्ताकोटीले जानकारी दिए । उनका ल्याब परिक्षण गर्दा विरामीमा रगतमासी संग सम्बन्धीत हिस्टोलिटिका जीवाणु भेटिएको छ ।
फोहोर पानी र खानेकुराका कारण आउँ पखलाको संक्रमण हुने उनको भनाई छ । अस्पतालमा आउने आउँ पखला संक्रमित विरामीहरुमा हिस्टोलिटिका जीवाणु भेटिएको र एक संक्रमित विरामीको मृगौलामा समेत समस्या देखिएकाले भर्ना गरी उपचार थालिएको बताए ।

‘केही दिन यता देखी मौसम बदलि संगै बेनी बजारमा आउँ पखलाको संक्रमण फैलिएको छ । ३ ,४ जना विरामीमा फैलिएको यो रोग बढेर अहिले दैनिक ओपिडीमा आउने ३० देखी ३५ जना विरामीमा देखिएको भने १४ ,१५ जना विरामीलाई अस्पतालमै भर्ना गरी डिस्चार्ज गर्नुपर्ने स्थिति छ ।’,डाक्टर वास्ताकोटीले भने । ‘खानेपानीको मुहानमा बाहिरी फोहोर मिसिएकाले आउँ पखला संक्रमण पैmलिएको हो । यो रोगबाट बच्न विशेषगरी सरसफाइमा ध्यान दिनुपर्छ ।’

बेनी नगरपालिका ७ ,८ मा बढी आउँ पखला संक्रमण फैलिएको उनले जानकारी दिए । आउँ पखला संक्रमण हुँदा विरामीलाई वाकवाकी लाग्ने ,विरामीको दिसामा रगतमासी देखिने र विरामीलाई कडा खालको ज्वरो आउने जस्ता लक्षण देखिने डाक्टर वास्ताकोटील बताए ।

आउँ पखला नियन्त्रणका लागि विशेषगरी सरसफाइमा ध्यान दिनुपर्नेमा डाक्टर बास्ताकोटीले जोड दिए । बर्षायाममा बढी यो रोग फैलिने भएकाले मुहानका पानि सफा राख्ने ,घर वरिपरी सफा गर्ने र खानेपानी उमालेर पिउन मात्र सकेमा आउँ पखला संक्रमणबाट बच्न सकिने उनको सुझाव छ ।

सुरुमा दुई चार जना विरामी मात्र अस्पतालमा आएपछि त्यसपछि दैनिक २०–२५ जना विरामी अस्पतालमा आउने गरेको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार २ गते ४ जना,३ गते १३ जना ,४ गते १२ जना र ५ गते १२ जना विरामी आएको र ४ गते २० देखी २५ र ५ गते ३५ देखी ४० जना सामान्य संक्रमणका विरामी आउने गरेका छन् ।

दैनिक २० देखी ३० जना विरामी ओपडीमा आउने गरेको बताउँदै सामान्य संक्रमित विरामीहरुलाई औषधि दिएर पठाउने गरेको र बढी संक्रमित विरामीलाई भर्ना गरी उपचार गरी घर पठाउने गरेको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width