पत्रकार राजबहादुर गुरुङलाई उपचार सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७६
raj

पोखरा, ६ भदौ । दुबै मृगौला फेल भएका पोखराका शियाशील अग्रज पत्रकार एवं नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि राजबहादुर गुरुङलाई उपचार सहयोग शुरु भएको छ ।

नेपाल प्रेस युनियन कास्कीका निवर्तवान अध्यक्ष एवं नेपाली काँग्रेस ट्रेड युनियन महासंघ महाधिवेशन प्रतिनिधि समेत रहेका शिरोमणि बरालले २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

बरालले विहीवार एक कार्यक्रमबीच आफ्नै निवास पोखरा– १३ मा टोकन मनीको रुपमा उक्त रकम सहयोग प्रदान गरेका हुन् । गुरुङको मृगौला प्रत्यारोपण गर्न ६० लाख रुपैयाँ आवश्यक पर्ने र भारतमा जानुपर्ने परिवारिक स्रोतले जानकारी दिएको छ ।

शितल स्वभाव र अत्यन्त मिलनसार गुरुङले १५ महिनादेखि पोखराको फिष्टेल अस्पतालमा मृगौलाको डाईलोसिस गर्दै आएका छन्। रकम प्रदान गर्दै बरालले पत्रकार गुरुङको उपचार सहयोगका लागि देशैभरीका संचारकर्मीको सहयोग आवश्यक भएको बताए।

गुरुङलाई उपचार सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्र, जिल्ला शाखा, प्रेस युनियन र फोनिजले सहयोगका लागि एक्यवद्धता व्यक्त गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल काँग्रेसकी नेत्री सरस्वती गुरुङको समेत उपस्थिति रहेको थियो । कास्कीको अन्नपूर्ण गाउँपालिका लुम्लेमा जन्मिएका गुरुङले पत्रकारिता क्षेत्रमा राष्ट्रिय र जिल्ला स्तरमा पुरस्कार प्राप्त गरिसकेका छन् । गुरुङ युनाइटेड खबर डटकमका सम्पादक हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width