प्रधानमन्त्रीको कार्यभार पोखरेललाई

रासस
भाद्र ५, २०७६
Ishor-Pokhrel-1700×811

काठमाडौँ, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गरेका उनको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोकेका छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयद्वारा जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width