राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

रासस
भाद्र ५, २०७६
Pro_Ktm_Presiden_India_(3) (1)

काठमाडौँ, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहेका भारतका बाह्य मामिलामन्त्री सुव्रमण्यम जयशङ्करले विहीवार राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरे ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल र नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width