थापालाई उद्योग वाणिज्यको सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७६
shahayaga shkula handaki

खैरेनीटार, ५ भदौ । शुक्लागण्डकी उद्योग वाणिज्य संघ शुक्लागण्डकी नगरपालिका, तनहुँले म्याग्दे गाउँपालिकामा रहेको कान्छी बाराही मन्दिरसँगै झरना घुम्न जाँदा ढुंगा खसेर गम्भीर घाईते भएकी दुलेगौंडाकी अनिषा थापाको उपचारमा सहयोग पु–याउने हेतुले अर्थिक सहयोग गरेको छ ।

अध्यक्ष हरिकुमार श्रेष्ठ सहितको टोलीले शुक्लागण्डकी उद्योग वाणिज्य संघ, शुक्लागण्डकी नगरपालिका वडा नं. ५, बेलचौतारामा रहेको कार्यालय परिसरमा घाईतेकी सानिमालाई रु २० हजार पाँच सय ४० को चेक हस्तारण गरेको थियो । चेक हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले सानो सहयोगले जीवन बचाउन सम्भब रहेकोले सहयोगी भावनाको विकास हुनुपर्ने वताउँदै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै