पहारी महिलाको तीज कार्यक्रम

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७६
pahari1 (1)

पोखरा, ५ भदौ । पहारी महिलाहरुको तीज बिशेष सहित पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ । पहारी महिला उप समिति पोखरा ६ बैदामले पोखरामा रहेका पहारी महिलाको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

“बृद्धहरु समाजका गहना हुन, हामीले नहेरे कस्ले हेरछ” भन्ने भावनालाई उदघोष गर्दै समितिले ७० वर्ष उमेर काटेका करिब ३० जना बृद्ध आमाहरुलाई दोसला सहित सम्मान पत्रले सम्मान गरेको सचिब शोभा पहारीले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि बयोवृद्ध कौशिला पहारीले कार्यक्रमको उद्घाटन गर्दै नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई हासी खुसी मनाउन सबैलाई आग्रह गरिन । अध्यक्ष तला पहारीले नेपाल भर छरिएर रहेका पहारी दिदी वहिनी र चेलीबेटीलाई एक आपसमा समेट्नका लागि कार्यक्रमको आयोजना गरेकोबताइन् ।

पहारी कुल संरक्षण समितिका अध्यक्ष गोविन्दराज पहारीले पहारीले दिदीवहिनी, चेलिबेटीहरु एक आपसमा अपचित जस्तै भएकोले चिनजान सहित दुःखसुुःख साटासाट गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको बताएका छन ।

पोखरा महानगरपालिका वडा नं ६का अध्यक्ष जगतबहादुर पहारीले प्रेमराज पहारी, पदमराज पहारी, बिजया पहारी लगाएतले यस्ता कार्यक्रमबाट दुःखसुःखका कुरा साटासाट गर्न अवसर मिल्ने वताएका थिए ।

समितिले नेपाल भरी रहेका सम्पूर्ण पहारी थरको हकहित, गरिब जेहेन्दार मेधाबी विद्याथी देखी गरिब असायहरुको सहयोगको लागि अक्षयकोषको स्थापना गरेको छ । करिब ५० लाखसम्मको अक्षयकोष बनाउने लक्ष्य लिएको समितिमा बुधबार प्रेमराज पहारीले ५१ हजार १ सय ८९ रपैया, हेमा पहारीले ५१ हजार, पूर्णचन्द्र पहारीले ५१ हजार र सुमित्रा पहारीले ५१ हजार रुपैया अक्षय कोषका लागि प्रदान गरेको कोषाअध्यक्ष परशुराम पहारीले जानकारी दिएका छन ।

Related News

सम्बन्धित समाचार

hero news full width