महिलाको सुगर र युरिक एसिडको निशुल्क जाँच गरिने

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७६
68604364_416260532337328_9189394962892980224_n

पोखरा, ५ भदौ । पोखराको न्यूरोडमा स्थित लाईफ केयर डाईग्नोष्टिक एण्ट रिसर्च सेन्टरले तीजको अबसरमा महिलाहरुलाई सुगर र युरिक एसिडको निशुल्क जाँच गर्ने भएको छ ।

सोही अवसरमा महिलाको रक्त परीक्षण सम्बन्धी अन्य परीक्षणमा पनि ५० प्रतिशत छुट प्रदान गर्ने लाईफ केयरले जनाएको छ ।ल्याबमा अन्तरारष्ट्रिय स्तरको अत्याधुनिक र स्वचालित मेसिनको प्रयोगबाट बिभिन्न प्रकारका परीक्षणहरु गरिने लाईफ केयरका कार्यकारी प्रमुख शुक्रराज कडेँलले बताए । लाईफ केयरले तीजकै अबसर पारेर होल वडी चेकअपमा पनि विशेष छुटको व्यबस्था गरेको छ ।

शुक्रराज कडेँलका अनुसार अब पोखरेलीले कुनै पनि प्रकारको परीक्षणको काठमाडौँ वा भारत जानु नपर्ने भएको छ । पोखराको लाईफ केयरमा नै सम्पूर्ण प्रकारको परीक्षण हुने बताइएको छ । भदौँको एक गतेबाट १६ गते सम्म महिलालाई सुगर र युरिक एसिडको रक्त परीक्षणमा निःशुल्क र अन्य परीक्षणहा ५० प्रतिशत छुटको व्यबस्था गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width