आर्थिक विकासको अभियानमा जुटौं -राना

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७६
Oli-Nepal-826×495

पाल्पा, भदौ ५ । नेकपाका केन्द्रीय सदस्य दलबहादुर रानाले कार्यकर्तालाई आर्थिक विकासमा जुट्न निर्देशन दिएका छन् ।

नेकपा पाल्पाको क्षेत्रीय समन्वय कमिटी निर्वाचन क्षेत्र नम्बर १ को बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । गत आर्थिक वर्ष विकासको आधारवर्ष र यस आर्थिक वर्ष विकास अभियान भएको उनले बताए ।

‘सक्नेले पैसा लैजाने प्रवृत्ति हावी छ’ उनले भने, ‘यसरी लैजाने रकमको दुरुपयोगले जनता निरास छन् ।’ अब जनताको आवश्यकता र मागलाई ख्याल गरेर गाउँगाउँमा विकासका काम गर्न स्थानीय तहका नेता र जनप्रतिनिधिलाई उनको सुझाव दिए ।

पूर्व मन्त्री रमेत रहेका नेता रानाले संघीयता अझैपनि पूर्ण रुपमा व्यवस्थित नभएको बताए । ‘मुलुक संघीयतामा गएपछि निर्माण भएको तीन तहको सरकार संचालन प्रक्रिया अभ्यासकै क्रममा छ’ उनले भने ‘यो अवस्थामा सरकारबाट अपेक्षित काम हुन नसक्नुलाई अन्यथा लिनु हुदैन् ।’

अर्का केन्द्रीय सदस्य तथा नेकपा पाल्पा इन्चार्ज सोमप्रसाद पाण्डेले नेकपा नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्न नसकेको बताए । अर्का केन्द्रीय सदस्य तुलाराम घर्तीमगर बसन्तले संगठन कमजोर भए सत्ता पनि कमजोर हुने बताए । पार्टीको नीति र सिद्धान्त सहित विकास निर्माणका काम लिएर जनताको माझमा जान आवश्यक रहेको बताए । जिल्ला अध्यक्ष तथा प्रदेश सांसद नारायणप्रसाद आचार्यले इमान्दार र जिम्मेवार भएर जनताको काममा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width